सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालमा थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म २ लाख ५५ हजार ९७९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । हालसम्म पीसीआर परीक्षणको संख्या १८ लाख ९० हजार ७४० छ । देशभरी सक्रिय संक्रमितको संख्या ७ हजार ५१५ छ । २४ घण्टामा ६ हजार ५५९ पीसीआर परीक्षण भएका छन् । क्वारेन्टिनमा रहनेको संख्या ४०९ छ । त्यसैगरी २४ घण्टामा ९ सय ५२ जना कोरोनामुक्त भएका छन् । योसँगै हालसम्म कोरोना संक्रमणबाट मुक्त भइ २ लाख ४६ हजार ६६१ जना घर फर्किसकेका छन् । २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८०३ पुगेको छ ।
उपत्यकामा ३१८ कोरोना संक्रमित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा ११८ महिला र २०० जना पुरुष रहेका छन् । काठमाडौंमा २५०, भक्तपुरमा ३४ र ललितपुरमा ३४ जना नयाँ संक्रमित थपिएका हुन् । बुधबार देशभर ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।