सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । डेलियन एटकिन्सन एक प्रतिभाशाली प्रिमियर लिग फुटबलर थिए, तर २०१६ को गर्मीयाममा उनको जीवनले एक भयावह मोड लियो । एटकिन्सनको मानसिक स्वास्थ्य बिग्रिएको अवस्थामा, उनी आफ्नो बुबाको घरबाहिर आफूलाई ‘मसिहा’ भन्दै चिच्याइरहेका थिए । त्यहाँ पुगेका दुई प्रहरी अधिकारीहरूले उनलाई नियन्त्रणमा लिँदा, प्रहरी जवान बेन्जामिन मन्कले निर्दयी रूपमा एटकिन्सनलाई टसर गनले हाने र ढलेपछि टाउकोमा कडा प्रहार गरे । यस घटनाका कारण मन्कलाई २०२१ मा ‘मानवहत्या’ को आरोपमा दोषी ठहर गरियो । यो घटनाले बेलायतमा प्रहरीद्वारा गरिएका संकास्पद मृत्युहरूमा न्यायको मागलाई अझै बलियो बनाएको छ । एटकिन्सनको घटनामा प्रहरीको प्रतिक्रिया अस्वाभाविक रूपमा हिंसात्मक थियो । यस घटनामा मन्कले टसरको प्रयोग गर्दा तय गरिएको समयभन्दा धेरै लामो समयसम्म प्रयोग गरेको पाइएको थियो । यस्तै क्रममा मन्कले एटकिन्सनलाई ढलेपछि पनि टाउकोमा प्रहार गरिरहे, जसले उनको ज्यान गुमाउनुप¥यो । प्रहरी अधिकारी मन्कमाथि पहिले पनि चोरी र मादक पदार्थ सेवनको घटनामा संलग्न भएको आरोप थियो । यो घटना बेलायतका न्याय प्रणालीमा प्रहरी अधिकारीहरूले दुविधाजनक अवस्थामा निर्णय गर्ने तरिकालाई पुनः परीक्षण गर्न बाध्य बनाउँछ । खासगरी अफ्रिकी मुलका नागरिकहरूमाथिको प्रहरीको व्यवहार र हिंसात्मक घटनाहरूलाई लिएर अझै गम्भीर प्रश्न उठेको छ .। हालै, अर्का प्रहरी अधिकारी मार्टिन ब्लेकलाई अनआर्म्ड अफ्रिकी मूलका युवक क्रिस काबाको हत्यामा अभियुक्त बनाइएको थियो, तर अदालतले उहाँलाई सफाइ दियो । काबाको परिवारले यो घटनालाई “प्रहरीले कानुनभन्दा माथि रहेको” प्रमाणको रूपमा व्याख्या गरेको छ । यसका साथै, यस प्रकारका घटनाहरूले बेलायतमा प्रहरीप्रतिको जनआक्रोश र असन्तोषलाई झन् बढाएको छ । यसैसँगै, बेलायतको गृह मन्त्री यवेट कुपरले यस्तो मुद्दामा दोषी ठहर नहुँदासम्म प्रहरी अधिकारीहरूको नाम गोप्य राख्नुपर्ने व्यवस्था गर्ने प्रस्तावलाई समर्थन गरेकी छिन् । तर, अन्य प्रस्तावित सुधारहरूमा कुपरले गम्भीर पुनरावलोकनको माग गरेकी छिन्, जसमा प्रहरी अधिकारीहरूलाई नियन्त्रणमा लिन र मुद्धा चलाउने प्रक्रियालाई सजिलो बनाउने सन्दर्भमा केन्द्रित छ । सन् २०२२ मा बारोनेस लुइस कासीले गरेको एउटा समीक्षाले लन्डनको मेट्रोपोलिटन प्रहरी बलभित्र रहेको एउटा विशेष सशस्त्र टुकडीमा केही वरिष्ठ अधिकारीहरूले कानुन उल्लंघन गर्न ‘स्वीकृति’ दिएको उल्लेख गरेको थियो । यस्तो अवस्था देखाउँछ कि उच्च तहका प्रहरी अधिकारीहरूमा पनि केही अपवादजन्य अधिकारहरू दिने प्रवृत्ति छ । अर्कोतर्फ, बेलायतमा सुरक्षाका लागि सशस्त्र अधिकारीहरूको कमी हुँदा सेना समेत तयार राख्नुपर्ने अवस्था आएको थियो । ब्लेकको मुद्दामा सम्भावित प्रहरी आन्दोलनको खतरा बढेपछि लन्डनमा सेना तयार राख्नुपर्ने अवस्थामा पुगेको देखिएको छ । यसै क्रममा, कुपरले प्रहरीको जिम्मेवारीमा सुधार ल्याउन पुनरावलोकनको माग गरेकी छन् ।