गाउँ गएकाहरु फर्किन थाले, कोटेश्वरमा देखियो भीडभाड(फोटो फिचर)

मंगलबार, असोज २९, २०८१
Global Ime Bank

काठमाडौं । २०८१ सालको वडादशैंको सार्वजनिक बिदा सकिएसँगै गाउँ गएकाहरू काठमाडौं फर्किनेक्रम सुरु भएको छ । पूर्वी नेपाललाई जोड्ने वीपी राजमार्ग र अरनिको राजमार्ग भएर काठमाडौं उत्रिनेहरूको भीड मंगलबार कोटेश्वरमा देखिएको छ । बाढी र पहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गमा मंगलबारबाट यसअघिजस्तै सवारी आवागमन खुल्ला गरिएपछि काठमाडौं आउनेहरूको चाप बढेको छ । अरनिको राजमार्ग पनि सहज भएको छ ।मंगलबारदेखि बडादशैंका लागि भनेर दिइएको पाँच दिनको सार्वजनिक बिदा सकिएसँगै काठमाडौं जोडने कलंकी र कोटेश्वरमा यात्रुहरूको चाप देखिएको हो । कोटेश्वर र जडिवुटी क्षेत्रमा सवारी जाम समेत सुरु भएको छ । पछिल्लो २४ घण्टामा ४८ हजार छ सयजना यात्रुहरू काठमाडौं उपत्यका भित्रिएको ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ ।

Photos--(12)-1728994237.jpg
Photos--(13)-1728994237.jpg
Photos--(2)-1728994232.jpg
Photos--(3)-1728994231.jpg
Photos--(30)-1728994227.jpg
Photos--(31)-1728994226.jpg
Photos--(34)-1728994215.jpg
Photos--(32)-1728994213.jpg
Photos--(36)-1728994210.jpg
Photos--(38)-1728994207.jpg
Photos--(37)-1728994207.jpg
 

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १७:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार