उपत्यकामा थपिए १३३८ संक्रमित

थप २९०९ जनामा कोरोना संक्रमण
शुक्रबार, कात्तिक २१, २०७७

काठमाडौं । उपत्यकामा पछिल्लो २४ घण्टामा १३३८ संक्रमित भेटिएका छन् । तीमध्ये काठमाडौं जिल्लामा १०३०, भक्तपुरमा १२१ र ललितपुरमा १८७ जना छन् । यस्तै पछिल्लो २४ घण्टामा थप २९०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१५३ जनाको पीसीआर परीक्षण हुँदा १७७६ पुरुष र ११३३ जना महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४५ सयजना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ ।
कहाँ कति संक्रमित ?
कास्कीमा १२९, मोरङमा १२७ जना, चितवनमा १२६, दाङमा ११४, सुनसरीमा ९५, नवलपरासी पूर्वमा ९१, झापामा ७९, कैलालीमा ७६, काभ्रे र रुपन्देहीमा ७०–७०, मकवानपुरमा ६३, सुर्खेतमा ५५, तनहुँमा ३७ र सिराहामा ३१ जना संक्रमित भेटिएका छन् । त्यस्तै धनुषामा २९, बाँकेमा २८, गुल्मी र बर्दियामा २०–२०, धादिङ र सिन्धुपाल्चोकमा १९–१९, पाल्पामा १८, स्याङ्जामा १६, पर्सा, गोरखा र बागलुङमा १४–१४, रौतहट र नुवाकोटमा १३–१३, दोलखा र नवलपरासीमा १२–१२, सप्तरीमा ११, महोत्तरी र कपिलवस्तुमा १०–१० जना संक्रमित भेटिएका छन् ।
दैलेखमा ९, अर्घाखाँचीमा ८, पर्सा र डडेल्धुरामा ७–७, तेह्रथुममा ६, इलाम, उदयपुर, सर्लाही, लमजुङ र प्युठानमा ५–५, ओखलढुंगा, धनकुटा, भोजपुर, बारा, रोल्पा, कञ्चनपुर र डोटीमा ४–४ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै रुकुम पश्चिम, सल्यान र बझाङमा ३–३ जना, खोटाङ, ताप्लेजुङ, रामेछाप, म्याग्दी र अछाममा २–२ जना, सिन्धुली, रुकुम पूर्व, कालीकोट, डोल्पा, दार्चुला, बाजुरा र बैतडीमा १–१ जना संक्रमण देखिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०७७  १९:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार