कोरोना मृत्युमा सेना र स्वास्थ्य मन्त्रालयको अलग अलग तथ्यांक 

२४ घण्टामा थपिए ७२२ कोरोनाभाइरस सङ्क्रमित, तीन जनाको मृत्यु
मंगलबार, पुस ७, २०७७

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको औपचारिक कुल संख्या १ हजार ७९८ पुगेको छ । तर शव व्यवस्थापन गर्दै आएको नेपाली सेनाले भने पुष ६ गतेसम्ममा कोभिड–१९ सँग सम्बन्धित २ हजार ७४७ वटा शव व्यवस्थापन गरिसकेको जनाएको छ । त्यसको अर्थ स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको तथ्यांकमा ९४९ जनाको संख्या फरक परेको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार नेपाली सेनाले कोभिड–१९ सम्बन्धी शव व्यवस्थापन कार्यविधिमा कोभिड– १९ को प्रमाणपत्र र अस्पताल वा स्वास्थ्य निकायले दिने मृत्यु भएको प्रमाणपत्र भएपछि जिल्लास्थित सीसीएमसीको अनुरोधमा शव व्यवस्थापन गर्दै आएको छ ।

नयाँ विवरण
गत २४ घण्टामा नेपालमा ७२२ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । उक्त अवधिमा कोभिड–१९ बाट ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अरू तथ्यांक के छ ?
कैयौँ सातादेखि समयदेखि देशभरमध्ये सबभन्दा बढी संख्यामा कोरोना भाइरस सङ्क्रमण काठमाडौं उपत्यकामा पुष्टि हुँदै आएको छ । हाल कोरोना भाइरस सक्रिय सङ्क्रमित पनि सबभन्दा धेरै काठमाडौं उपत्यकामा छन् । हाल देशभर सक्रिय सङ्क्रमित ७ हजार ७२९ जना छन् भने काठमाडौं उपत्यकामा मात्र ४ हजार १४४ जना सक्रिय सङ्क्रमित छन् । सङ्क्रमितमध्ये करिब ६० प्रतिशत पुरुष छन् भने महिलाको संख्या ४० प्रतिशत रहेको छ । हालसम्म नेपालमा १८ लाख भन्दा बढीको पीसीआर परीक्षण भइसकेको छ । हालसम्म कुल सङ्क्रमित हुनेको संख्या २ लाख ५५ हजार २३६ रहेको छ भने निको हुनेको संख्या २ लाख ४५ हजार ७०९ रहेको छ  ।
 

प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७  १७:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार