सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग ३–० गोल अन्तरले पराजित भएको छ । कुवेतको जाबेर अल अहमद इन्टरनेशनल स्टेडियमा भएको खेलमा नेपालले दोस्रो हाफमा १० खेलाडीमा सिमित रहेर खेलेको थियो । १० खेलाडीमा सिमिति नेपालले अष्ट्रेलियाविरुद्ध ३ गोल मात्र व्यहोरेको हो । नेपालका रोहित चन्दले अष्ट्रेलियन खेलाडीलाई कुममा व्याक टच गर्दा रातो कार्ड पाए पछि मैदान बाहिर गएका थिए । पहिलो हाफमा अष्ट्रेलियाले नेपालविरुद्ध दुई गोल गरेको थियो । दोस्रो हाफमा अष्ट्रेलियाले थप एक गोल गरेपछि नतिजा आफ्नो पक्षमा पार्न सफल भएको हो । यसअघि २०१९ मा अष्ट्रेलियासँग नेपाल ५–० ले को गोल अन्तरले पराजित भएको थियो । नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अष्ट्रेलिया विरुद्धको खेलमा जोर्डनविरुद्ध खेलेका नेपाली टिममा ५ खेलाडी परिवर्तन गरेका थिए । अन्जन विष्टसहित अभिषेक रिजाल सन्तोष तामाङ दिनेश राजवंशी र विकास खवासको स्थानमा नवयुग श्रेष्ठ सुनिल बल एरिक विष्ट विशाल राई र गौतम श्रेष्ठ पहिलो रोजाईमा खेलेका थिए ।
तीन खेलाडीको डेब्यु अष्ट्रेलियाविरुद्ध नेपालका तीन युवा खेलाडीले डेब्यु गरेका छन् । पहिलो पटक राष्ट्रिय टिममा परेका आयुष घलान, सुरजज्यु ठकुरी र कमल थापाले दोस्रो हाफमा मैदान प्रवेश गर्दै राष्ट्रिय टिममा डेब्यु गरेका हुन् । तीनै खेलाडी इन्जुरी टाइममा मैदान प्रवेश गरेका थिए । फिफा वरीयतामा ४१ औ स्थानमा रहेको अष्ट्रेलिया नेपालभन्दा १३० स्थान माथि छ । नेपाल १७१ औं स्थानमा छ । अष्ट्रेलिया एसिया कप जिति सकेको बलियो टोली हो । नेपालले समूह बीको बाँकी ३ खेल खेल्दा अष्ट्रेलिया र जोर्डनसँग समान ३–० को हार बेर्होयो भने चाइनिज ताइपेईलाई २–० ले पराजित गरेको थियो । कुवेत जानुअघि इराकसंगको मैत्रीपूर्ण खेलमा नेपाल मनिस डाँगी र गौतम श्रेष्ठले डेब्यु गरेका थिए । पहिलो पटक नेपाली टिममा परेका ६ मध्ये गोलकिपर विशाल सुनारले मात्र डेब्यु गर्न पाएनन् । यस्तै यसअघि नै राष्ट्रिय टिममा परेपनि अहिले टिममा रहेका अर्का गोलकिपर दिप कार्कीले पनि डेब्यु गर्न बाँकी छ ।