सोसल मिडिया
Contact Us
युनिकोड
लण्डन । कोरोना भाइरसको नयाँ प्रकार द्रुत गतिमा फैलिएका कारण यूकेको इङ्गल्यान्ड, वेल्स र स्कटल्यान्डमा नयाँ चौथो स्तरको कडा प्रतिबन्धहरू लागु गरिएको छ भने अन्य देशले यूकेबाट हुने यात्रामा प्रतिबन्ध लगाएका छन् । पहिला अस्तित्वमा नै नभएको कोरोनभाइरसको नयाँ प्रकार केही महिनाभित्रै कसरी यसरी फैलिन पुग्यो त ? ब्रिटिश सरकारका परामर्शदाताहरूको विचारमा भाइरसको नयाँ प्रकार अन्यको दाँजोमा छिटो सङ्क्रमण हुने गुण भएको हुनुपर्छ । यो विषयमा सबै जानकारी प्रारम्भिक नै छन् । अनुत्तरित प्रश्नहरू पनि धेरै नै छन् । यो भाइरसले किन चिन्ता निम्त्याइरहेको छ ? यसका मुख्य तीन कारण छन् ।
– भाइरसको यो प्रकारले अन्य प्रकारलाई तीव्र गतिले प्रतिस्थापन गर्दैछ । – यो नयाँ प्रकारमा देखिएको उत्परिवर्तन कोरोनाभाइरसको महत्वपूर्ण हुनसक्ने अंशलाई प्रभाव पार्ने खालको छ । – त्यस्ता केही उत्परिवर्तन मानव कोषलाई प्रभाव पार्ने भाइरसको क्षमता बढाउने खालको हुने गरेको प्रयोगशालामा गरिएका परीक्षणले देखाएका छन् ।
यी सबै कुराले भाइरसको यो प्रकार सजिलै फैलनसक्ने खालको भएको देखाउँछ । तर यो विषयमा निश्चित जवाफहरू भने छैनन् । यो प्रकार कति छिटो फैलिरहेको छ ? यसलाई पहिलो पटक सेप्टेम्बर महिनामा फेला पारिएको थियो । नोभेम्बरसम्ममा लन्डनमा देखिएका एक चौथाइ जति सङ्क्रमण भाइरसको यो प्रकारबाट भएको थियो । मध्य डिसेम्बरसम्म आइपुग्दा यो अब झन्डै दुइ तिहाइ सङ्क्रमितमा देखिएको छ । कोरोना भाइरसको यो प्रकार यूकेमा नै कुनै बिरामीमा पहिलो पटक देखापरेको वा कोरोना भाइरसको उत्परिवर्तनको अनुगमन गर्ने क्षमता कमजोर रहेको अन्य कुनै देशबाट यूकेमा छिरेको हुनुपर्छ । तर यो उत्तरी आयरल्यान्डबाहेक यूकेभरि नै देखापरेको छ । तर यो लन्डन, दक्षिण–पूर्व र पूर्वी इङ्गल्यान्डमा सघन रूपमा देखा परेको छ । संसारभरीबाट प्राप्त कोरोना भाइरसको ‘जेनेटिक कोड’ को अनुगमन गरिरहेको संस्था ‘नेक्स्टस्ट्रेन’ ले जनाए अनुसार डेनमार्क र अष्ट्रेलियामा फेला परेका कोरोना भाइरसको नयाँ प्रकारको उद्गम यूके नै रहेको छ । नेदरल्याण्ड्सले पनि आफूकहाँ भाइरसको नयाँ प्रकार फेला परेको जनाएको छ । कोरोना भाइरसको यो प्रकारसँग मिल्दोजुल्दो अर्काे प्रकार दक्षिण अफ्रिकामा पनि फेलापरेको छ । तर यी दुईबीच कुनै सम्बन्ध भएजस्तो देखिँदैन । के यस्तो पहिले पनि भएको थियो ? चीनको वुहानमा सबैभन्दा पहिला जुन कोरोना भाइरस पत्ता लगाइएको थियो संसारका अरू देशमा सङ्क्रमण फैलाइरहेको कोरोना भाइरससँग त्यो दुरूस्तै मिल्दैन । अर्को ब्द्दद्दद्दख् भनिने प्रकार यूरोपभरी फैलिएको थियो र त्यसको सम्बन्ध स्पेनमा देखिएको सङ्क्रमणसँग थियो। डी ६१४ जी उत्परिवर्तन भनिएको भाइरसको प्रकार फेब्रुअरी महिनामा यूरोपमा देखा परेको थियो । यो संसारभरी सबैभन्दा देशमा सङ्क्रमण देखिएको प्रकार बन्न पुगेको थियो । अर्काे ए२२२भी भनिने प्रकार यूरोपभरी फैलिएको थियो र त्यसको सम्बन्ध स्पेनमा देखिएको सङ्क्रमणसँग थियो । यसको अर्थ कोरोनाभाइरसको सङ्क्रमण अझ घातक बन्न पुग्छ त ? त्यस्तो हुने कुनै प्रमाण हालसम्म देखिएको छैन । तर यो विषयमा अनुगमन भइरहन जरुरी छ । तर सङ्क्रमण दर उच्च हुनु नै पनि अस्पतालहरूका लागि समेत ठूलो समस्याको विषय हुन जान्छ । किनकि नयाँ प्रकारको भाइरसको सङ्क्रमणले छिटोछिटो धेरै मानिसहरू प्रभावित हुन पुग्छन् । सँगसँगै अस्पतालमा भर्ना भएर उपचार गराउनु पर्ने बिरामीहरूको संख्या पनि तीव्र गतिमा बढ्न पुग्छ । कोरोना भाइसको नयाँ प्रकारमा हालका खोपले काम गर्छन् त ? निश्चय नै हाल अनुमोदन भएका र विकसित खोपहरू कोरोना भाइसको नयाँ प्रकारमाथि पनि प्रभावकारी हुन्छन् । कम्तीमा हालका निम्ति यकिन साथ यसो भन्न सकिन्छ । हालको कोरोना भाइरसविरुद्ध तीनवटा अग्रणी खोपहरूले शरिरमा रोग प्रतिरोधी क्षमता विकास गर्न सक्छन् । खोपहरूले शरीरको रोग प्रतिरोधी क्षमतालाई भाइरसका विभिन्न अंगहरूमा आक्रमण गर्न प्रशिक्षित तुल्याउँछन् । त्यसैले भाइरसका केही अंशमा उत्परिपर्वतन देखिएपनि खोपहरू प्रभावकारी रहन्छन् । तर भाइरसमा धेरै प्रकारको उत्परिवर्तन थपिन गयो भने त्यो चिन्ता गर्नुपर्ने विषय हुन सक्ने क्याम्ब्रिज विश्वविद्यालयका एकजना प्राध्यापक रवि गुप्ता बताउँछन् ।–बीबीसी