सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालमा गत २४ घण्टामा ७४२ जना नयाँ कोरोनाभाइरस संक्रमित थपिएका छन् । गत २४ घण्टामा ६,३५१ जनाको पीसीआर परीक्षण गरिएको थियो । सङ्क्रमितमध्ये महिला २९४ र पुरुष ४४८ जना रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । सबैभन्दा बढी सङ्क्रमित वाग्मती प्रदेशमा ४,८३१ जना छन् भने लुम्बिनी, गण्डकी र सुदूरपश्चिम हरेक प्रदेशमा एक एक हजारको हाराहारीमा बिरामी छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उक्त अवधिमा कोभिड–१९ बाट ७ जनाको मृत्यु भएको छ । यो सँगै कोभिडबाट हालसम्म नेपालमा मृत्यु हुनेको सङ्ख्या १,७९५ पुगेको छ।
अरू तथ्यांक के छ ? हालसम्म नेपालमा १८ लाख ७७ हजार १८१ जनाको पीसीआर परीक्षण गरिएको छ । तीमध्ये २ लाख ५४ हजार ५१४ जना कोरोनाभाइरस पोजिटिभ भएका छन् । उक्त अवधिमा २ लाख ४४ हजार ७४३ जना कोरोनाभाइरस सङ्क्रमणबाट निको भएका छन् । अहिले देशभरमा सक्रिय संक्रमितको संख्या ७,९७६ छ । त्यो मध्ये काठमाडौं उपत्यकामा मात्र ४ हजार ३२० जना संक्रमित छन् । त्यो भनेको देशका कुल संक्रमितमध्ये ५४ प्रतिशत काठमाडौं उपत्यकामा मात्र रहेका छन् । काठमाडौंमा सक्रिय संक्रमित ३ हजार ४४८, भक्तपुरमा २४४ र ललितपुरमा ६२८ सक्रिय संक्रमित छन् ।