अंग प्रत्यारोपणका क्षेत्रमा नेपाललाई विश्वकै नमूना बनाउन सक्छौं : डा.श्रेष्ठ

मंगलबार, साउन २९, २०८१
डिस होम विज्ञापन
Global Ime Bank

भक्तपुर ।शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले मरेपछि खरानी भएर जाने अंगलाई दान गर्न सकेको खण्डमा एक व्यक्तिबाट आठ जनाले पुर्नजीवन पाउन सक्ने बताएका छन् ।
विश्व अंगदान दिवसका अवसरमा मंगलबार अस्पताल परिसरमा आयोजित कार्यक्रममा उनले सेवा, सुविधा र पूर्वाधार विकास गर्न सके देश अगंदानमा आत्मनिर्भर हुने बताए । उनले केन्द्रले मिर्गौला प्रत्यारोपणमा ९८ र कलेजो प्रत्यारोपणमा ९३ प्रतिशत सफलता हासिल गरेको दाबी पनि गरे । अंग प्रत्यारोपणका क्षेत्रमा विश्वमा नमून बन्ने प्रयासमा रहेको उनले सुनाए । 
‘हामीले १२ सय ९२ जनाको मृगौला र २७ जनाको कलेजो प्रत्यारोपण गरिसकेका छौं । ९८ प्रतिशत मृगौला र ९३ प्रतिशत सफल छौं । गत आर्थिक बर्षमा पनि १९६ जनाको मृगौला र १५ कलेजो गरी २११ जनाको सफल प्रत्यारोपण गरेर विरलै पाइने सफलता हाँसिल गरेका छौं,’ उनले भने । 
केन्द्र भौतिक पूर्वाधारका रुपमा कमजोर रहेको उल्लेख गर्दै डा.श्रेष्ठले एक सय रोपनी जग्गा भक्तपुर इट्टा कारखाना क्षेत्रमा लिने प्रक्रिया अघि बढेको बताए । ‘जग्गा प्राप्तीको विषयमा अगाडि बढिरहेको छ । जग्गा प्राप्त भएमा तीन महिना भित्रमा प्रिफ्याक भवन बनाएर सेवा सुरु गर्छौ,’ उनले भने । 
 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १७:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार