संसदीय छानबिन समितिले जेलमा भएका सहकारीका सञ्चालकहरुसँग पनि सोधपुछ गर्ने

बुधबार, असार २६, २०८१

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले जेलमा भएका सहकारीका सञ्चालकहरुसँग पनि सोधपुछ गर्ने भएको छ । बुधबार सहकारी पीडितहरुसंगको छलफलमा बोल्दै समितिका सभापति सुर्य थापाले कानुनअनुसार जेलमा भएका सहकारी सञ्चालकहरुलाई पनि सोधपुछ गरी तथ्य प्रमाणहरु खोज्ने बताएका हुन् । समितिले आज सहकारीक संचालक र पिडितहरुसँग छलफल गरेको थियो । छलफलका क्रममा सहकारी पिडितले आफुहरुले सहकारी ठग देखेको भएपनि सरकारले नदेखेको गुनासो गरेका थिए । सभपति थापाले सरकारले र संसदले गर्ने काम फरक हुने भन्दै सहकारी पीडितहरूलाई न्याय दिलाउने गरी काम गरिरहेको बताए । उनले सहकारी क्षेत्रमा देखिएको सहकारी समस्या वास्तविक सहकारीको कारणले नभई सहकारीका माध्यमबाट बचतको अपचलन ठगी गर्ने नियतका साथ आएका केही सहकारीका कारणले समस्या आएको बताए ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १७:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार