थपिए ७१० जना कोरोना भाइरस सङ्क्रमित

परीक्षण गरेकामध्ये १५ प्रतिशतमा सङ्क्रमण
शनिबार, पुस ४, २०७७

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७१०जना कोरोनाभाइरस सङ्क्रमित थपिएका छन् । उक्त अवधिमा ४ हजार ७८० जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यो भनेको परीक्षण गराउन गएकामध्ये करिब १५ प्रतिशत कोरोनाभाइरस पोजिटिभ भेटिएका हुन् । अहिलेसम्म नेपालमा २ लाख ५३ हजार १८४ जना कोरोनाभाइरस सङ्क्रमित भइसकेका छन् । तीमध्ये २ लाख ४२ हजार ५६७ जना सङ्क्रमण मुक्त भइसकेका छ्न । ८ हजार ८४० जना सक्रिय सङ्क्रमित रहेका छन् । ती सबै एकान्तवासमा रहेका छन् भने ४२१ जना क्वारन्टीनमा छन् । कोरोनाभाइरस सङ्क्रमणबाट अहिले सबभन्दा प्रभावित प्रदेशहरू वाग्मती गण्डकी र लुम्बिनीमा अरू प्रदेशका तुलनामा आईसीयू र भेन्टिलेटरमा धेरै बिरामी छन् । सबैभन्दा धेरै सक्रिय सङ्क्रमित वाग्मती प्रदेशमा, दोस्रोमा लुम्बिनी र तेस्रोमा सुदूरपश्चिम प्रदेश छन् । गत २४ घण्टामा कोभिड–१९ का कारण १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । कोभिड–१९ बाट मृत्यु हुनेको कुल संख्या १ हजार ७७७ छ ।
 

प्रकाशित मिति: शनिबार, पुस ४, २०७७  १७:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार