सिरोहियाको स्वास्थ्य ब्रिगियो, हेलीकप्टरबाट काठमाडौँ ल्याइयो

मंगलबार, जेठ १५, २०८१

काठमाडौं । कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं ल्याईएको छ ।  सिरोहियाको मुटुको समस्या बढेपछि आज हेलिकप्टरमार्फत काठमाडौं ल्याईएको हो । उनलाई ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा उपचार गरिदै छ ।  नागरिकता किर्ते कसुरमा उनी काठमाडौंस्थित् कान्तिपुरको मुख्यालय थापाथलीबाट पक्राउ परेका उनलाई गत मंगलबार राति धनुषा लगिएको थियो । अदालतले पटक पटक म्याद थपेर प्रहरीलाई अनुसन्धानको लागि अनुमति दिँदै आएको छ । उनलाई अहिलेसम्म तीन पटक ३-३ दिनको लागि म्याद थप गरिएको छ ।


 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १६:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार