लुम्बिनी र सुदूर पश्चिम प्रदेशमा धेरै सक्रिय सङ्क्रमित

सबै भन्दा धेरै वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमित 
शुक्रबार, पुस ३, २०७७

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ७८२ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको छ । जसमा महिला ३०५ जना र पुरुष ४७७ जना छन् । योसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ५२ हजार ४७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दुई लाख ४१ हजार ३९२ जना सङ्क्रमित निको भएसँगै नौ हजार ३१७ जना सङ्क्रमित छन् । पछिल्लो २४ घन्टामा १६ जनाको मृत्यु भएको छ । त्योसँगै जम्मा मृतकको संख्या एक हजार ७६५ पुगेको छ ।

वाग्मतीपछि लुम्बिनी र सुदूरपश्चिम
सबैभन्दा धेरै सक्रिय सङ्क्रमित वाग्मती प्रदेशमा पाँच हजार ५२७ जना छन् । उक्त प्रदेशमा एक लाख ३१ हजार ७४३ जना निको भएका छन् भने ८८८ जनाको मृत्यु भएको छ । वाग्मतीपछि धेरै लुम्बिनी प्रदेशमा एक हजार १५२ जना सक्रिय सङ्क्रमित छन् । त्यहाँ २६ हजार ६६६ जना निको भएका छन् भने २२२ जनाको ज्यान गएको छ । सक्रिय सङ्क्रमित धेरै हुने तेस्रो स्थानामा सुदूरपश्चिम प्रदेश छ । एक हजार ४३ जना सक्रिय सङ्क्रमित रहेको उक्त प्रदेशमा १२ हजार ५०३ जना निको भएका छन् भने ५१ जनाको मृत्यु भएको छ । 
गण्डकी प्रदेशमा ९९२ जना सङ्क्रिय सङ्क्रमित छन् भने त्यहाँ १५ हजार २६९ जना निको भएको र १६० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

सबैभन्दा कम प्रदेश २ मा
प्रदेश १ मा सक्रिय सङ्क्रमितको संख्या ३७७ छ । त्यहाँ २८ हजार ८१३ जना निको भएको उक्त प्रदेशमा २११ जनाले ज्यान गुमाएका छन् । कर्णाली प्रदेशमा १५२ जना सक्रिय सङ्क्रमित छन् त्यहाँ छ हजार १३५ जना निको हुँदा २४ जनाको मृत्यु भएको छ । सुरुमा निकै धेरै सङ्क्रमित देखिएको प्रदेश २ मा सबैभन्दा थोरै सक्रिय सङ्क्रमित बाँकी छन् । मन्त्रालयका अनुसार ७४ जना सङ्क्रिय सङ्क्रमित रहेको उक्त प्रदेशमा २० हजार २६३ जना निको भएका छन् भने २०९ जनाको ज्यान गएको छ । सङ्क्रमित मध्ये २८३ जनाको सघन उपचार कक्ष र ४९ जनाको भेन्टिलेरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७  १८:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार