सोसल मिडिया
Contact Us
युनिकोड
बेइजिङ । चीनको चाङ्ग–अ फाइभ अभियान अन्तर्गत चन्द्रमाबाट चट्टान र धुलो लिएर आएको अन्तरिक्ष यान पृथ्वीमा फर्किएको छ । उक्त अन्तरिक्ष यान बिहीवार स्थानीय समय अनुसार १ः३० बजे भित्री मङगोलिया क्षेत्रमा अवतरण गरेको हो । अमेरिकी एपोलो र सोभियत लुना अभियानले चन्द्रमाबाट नमुना ल्याएको ४० वर्ष भन्दा बढी भइसकेको छ । अहिले ल्याइएका नयाँ नमुनाले पृथ्वीको उपग्रह र चन्द्रमाको भूगर्भबारे ताजा जानकारीहरू प्रदान गर्नेछ । चाङ्ग–अ फाइभ अभियान सफलतापूर्वक सकिनुलाई चीनको अन्तरिक्षमा बढ्दो क्षमताको अर्काे प्रदर्शनका रुपमा पनि हेरिनेछ । चाङ्ग–अ फाइभ अभियान नोभेम्बरको अन्त्यमा चन्द्रमामा पठाइएको थियो । चन्द्रमाको सतहमा अवतरण गरेको अन्तरिक्ष यानको ल्यान्डर भनिने भागले त्यहाँ वरपरको क्षेत्र अवलोकन गरेर अनि सामग्रीहरू संकलन गरेर बिताएको थियो ।
पहिलो चोटि महिला पठाउने योजना ल्यान्डरले भुइँबाट चट्टान वा धूलो उठाएको थियो । उसले कति नमुना संकलन ग¥यो भन्ने स्पष्ट छैन, तर सम्भवत २–४ किलो सामान हुनुपर्छ । त्यसरी सङ्कलन गरिएको नमुनालाई चन्द्रमाको कक्षमा घुमिरहेको असेन्डर भनिने यानमा पठाएर त्यसलाई पृथ्वीमा फर्काइएको हो । यो अभियान अन्तर्गत नमुना सङ्कलनका लागि चन्द्रमाको सतहमा जम्मा दुई दिन लागेको थियो । अमेरिकी एपोलो अन्तरिक्षयात्री र सोभियत रोबोटिक लुना अभियानहरूले चन्द्रमाको सतहको ४०० किलो सामग्री संकलन गरेका थिए । तर ती नमुनाहरू धेरै पुराना थिए (तीन अर्ब वर्षभन्दा बढी पुराना । चाङग–अ फाइभले ल्याएको चट्टान र धूलो भने अलि फरक नै हुनुपर्छ । चीनको अभियानले मन्स रुम्केर भनिने उत्तरपश्चिमको उच्च ज्वालामुखी क्षेत्रलाई निशानामा पारेको छ । यो क्षेत्रबाट ल्याइएको नमुना भने १.२ देखि १.३ अर्ब वर्षभन्दा पुरानो नहुन सक्छ । त्यसैले अहिलेको नमुना अध्ययन गर्दा त्यसले चन्द्रमा भित्री रुपमा कसरी निर्माण भएको छ भन्ने थप जानकारी प्रदान गर्न सक्छ ।–बीबीसी