सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । विगत २४ घण्टामा नेपालभरि ७७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५८८ जनाको परीक्षण गर्दा त्यति संख्यामा सङ्क्रमित फेला परेका हुन् । यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सख्या दुई लाख ५१ ह्जार ६०० नाघेको छ । तर पर्याप्त परीक्षण नभएकाले यो संख्याले नेपालमा कोरोनाभाइरस महामारीको वास्तविक अवस्था चित्रण गर्न नसक्ने धारणा विज्ञहरूको छ । सो अवधिमा ६ जनाको कोभिड–१९ का कारण मृत्यु भएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म देशभरि १ हजार ७४९ सङ्क्रमितको मृत्यु भएको छ । अहिलेसम्म कुल दुई लाख ४० हजार ३६३ सङ्क्रमित निको भएको सरकारी तथ्यांक छ । अर्थात् नेपालमा सङ्क्रमित निको हुने दर ९७.५ प्रतिशत छ । मन्त्रालयले बिहीवार अपराह्ण प्रकाशित गरेको विवरणअनुसार अहिले नेपालभरि ९ हजार ५८० जनामा सक्रिय सङ्क्रमण छ । को हुन् सङ्क्रमित ? अहिले विभिन्न जिल्लामा सङ्क्रमित फेला परेका हुन् । तीमध्ये ३०८ महिला र ४६८ पुरुष छन् । काठमाडौं उपत्यकामा ३६३ सङ्क्रमित भेटिएका छन् । काठमाडौंमा ४ हजार ८७ अनि भक्तपुरमा ३३३ र ललितपुरमा ७३५ जना निको हुन बाँकी सङ्क्रमित छन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा धेरै सङ्क्रमित फेला पर्ने क्रम अहिले पनि जारी छ । गत कात्तिक ५ गते सर्वाधिक ५,७४३ जना सङ्क्रमित फेला परेका थिए ।