बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, काठमाडौँ ल्याइँदै

मंगलबार, वैशाख २५, २०८१

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । रामेछापको मन्थली नगरपालिका-३ स्थित  लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन गर्न जाँदै गर्दा बेला मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ भएका हुन् । मुख्यमन्त्री जम्कट्टेलको प्रेसर कम भएको र अक्सिजन लेभल कम देखिएको बताइएको छ । सुनकोशी गाउँपालिकाको खाल्टेस्थित आत्मीय सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि मुख्यमन्त्री जम्कट्टेललाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार