आज मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना

मंगलबार, वैशाख २५, २०८१

काठमाडौं । आज पनि काठमाडौं उपत्यकासहित देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ । जल तथा मौषम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।  जसकारण आज पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ ।   त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०९:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार