महालक्ष्मी नगरपालिकाका सूचीकृत मेलमिलापकर्तालाई प्रशिक्षणसहित शपथ ग्रहण 

आइतबार, वैशाख १६, २०८१

ललितपुर । महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जनले न्यायिक विषयमा वडा तहका समस्या वडा तहमै निरुपण हुनुपर्ने बताएकी छन् । १० वटै वडाका मेलमिलापकर्ताहरूलाई दिइएको प्रशिक्षण कार्यक्रमलाई समापन गर्दै उपप्रमुख महर्जनले भनिन्, “मेलमिलापकर्ताहरू नगरपालिकाभित्र न्यायिक निरुपणका खम्बा हौं भन्ने कुरा सधैँ मनमा राख्नुहुनेछ । कुनै किसिमको लोभलालजनमा नपरेर समस्यालाई निरुपण तथा मेलमिलाप गर्न उहाँहरु सक्रिय हुनुहुन्छ भन्ने विश्वास लिएको छु ।” मेलमिलापकर्ता नियुक्त गर्नुको उद्देश्य पनि दुःख, पीडामा परेकालाई न्याय दिन र वडाका विवादित विषयहरुलाई विधिमा टेकेर त्यसलाई समाधानतर्फ लिने काम मेलमिलाप कर्ताहरुले गर्ने महर्जनको दाबी छ । 

Melmilap1-1714266133.jpeg

उनले भनिन्, “वडाभित्रका साना तिना समस्याहरु वडामै समाधान गर्नकोलागि प्रत्यक वडाकम मेलमिलाप केन्द्र गठन गर्नेसमेत महर्जनले जानकारी दिइन ।  नगरपालिका न्यायिक समिति संयोजक महर्जनको नेतृत्वमा महालक्ष्मी नगरपालिका भित्र विभिन्न न्यायिक निरुपणका कामहरु भएका छन् ।  नगरपालिकाले वडाका कानुनी समस्यालाई वडामै सम्बोधन गर्न मेलमिलाप कर्तालाई शुक्रबार अभिमुखिकरण गराएको हो । प्रशिक्षण तथा शपथ ग्रहण कार्यक्रममा सरोज बस्नेतले सहजीकरण गरेका थिए ।  सूचीकृत मेलमिलापकर्ताहरूलाई नियुक्तदेखि शपथ ग्रहण न्यायिक समिति संयोजक महर्जनले गराएकी थिइन् । महालक्ष्मी नगरपालिका भित्रका स्थानीयलाई न्यायमा पहुँच र समस्याको समाधान होस् भन्ने हिसाबले विभिन्न मेलमिलाप कर्ताहरुलाई अभिमुखिकरण गराइएको महर्जनले बताइन् । न्यायिक समितिका सदस्य तथा वडा नम्बर ५ का वडाध्यक्ष कपिल केसीले स्वागत मन्तव्य राखेका थिए । वडा नम्बर १ का वडाध्यक्ष छिरिङ् लामाले सूचीकृत मेलमिलाप कर्ताहरुले वडामा काम गर्दा कुनै पनि विवाद नहुने गरी निष्पक्ष तथा मर्यादित ढङ्गले काम गर्न सुझाव दिए । 
वडा नम्बर ४ का वडाध्यक्ष अमृत खड्का, कार्यपालिका सदस्य सदस्य रमेश मिजार, कला भण्डारी, वडा नम्बर ४ का वडासदस्य विष्णु रोका मेलमिलापकर्तालाई निष्पक्ष रुपमा काम गर्न सुझावसहित शुभकामना व्यक्त गरेका थिए ।

Melmilap3-1714266133.jpeg
 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०६:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार