थप ७३६ जनामा कोरोना भाइरस संक्रमण 

१३ जनाको मृत्यु
बुधबार, पुस १, २०७७

काठमाडौं । नेपालका विभिन्न जिल्लामा थप ७३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो वृद्धिसँग देशभरि सङ्क्रमितको संख्या दुई लाख ५० हजार नाघेको छ । मन्त्रालयका अनुसार ५,५५५ जनाको परीक्षण गर्दा १३.२५ प्रतिशतमा कोभिड–१९ पुष्टि भएको हो । १३ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृतकको संख्या १ हजार ७४३ पुगेको छ ।  केही सातायता दैनिक हुने परीक्षणको संख्या घटे पनि काठमाडौं उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी छ । बुधबार थप ८४७ जना निको भएसँगै कोभिडमुक्त भएका सङ्क्रमितको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ । अहिले देशभरि ९ हजार ७५७ जनामा सक्रिय सङ्क्रमण भएको र तीमध्ये काठमाडौं उपत्यकामा हुने सङ्क्रमितको संख्या त्यसको आधाभन्दा बढी रहेको मन्त्रालयको तथ्यांकले देखाउँछ । बुधवार सङ्क्रमण पुष्टि भएकामध्ये ४४५ पुरुष र २९१ महिला छन् । तीमध्ये काठमाडौंका २९४, ललितपुरका ७७ र भक्तपुरका २० जना छन् । तर पर्याप्त परीक्षण नभएकाले यो तथ्यांकले नेपालमा कोरोनाभाइरस महामारीको वास्तविक स्थिति प्रतिविम्बित नगर्ने जनस्वास्थ्यविद्हरूको भनाइ छ । हाल २८९ जना सघन उपचार कक्षमा र ५९ जना भेन्टिलेटरमा उपचाररत छन् ।
 

प्रकाशित मिति: बुधबार, पुस १, २०७७  १६:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार