रगत अभाव भएपछि आकस्मिक रक्तदान

शनिबार, वैशाख ८, २०८१

इटहरी । कोशी प्रदेशका अस्पतालहरूमा रगतको चरम अभावलाई मध्यनजर गर्दै डिजिटल पेन्टस् ले बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सुनसरीको इटहरीमा शनिवार पेन्टस् ले बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।  बजारमा पृथक् पहिचान बनाएको डिजिटल पेन्टसले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको बताएको छ । रक्तदान कार्यक्रममा ५४ पिन्ट रगत संकलन भएको छ । कार्यक्रममा उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीले व्यवसायीहरूमा आर्थिक मन्दीको चपेटामा परेको बताए । उनले ब्यावसायीलाई चौतर्फी आक्रमण भइरहँदा सरकारले समेत व्यवसायीको संरक्षण गर्न नसकेको भन्दै आक्रोश पोखे । कार्यक्रममा रेडक्रस सोसाइटी इटहरीका पूर्व सभापति विमल पौडेलले कोशी प्रदेशमा रगतको अभाव भइरहँदा सबै जिल्लाहरूमा बृहत् रक्तदान गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । तीन वर्ष अघिदेखि सुनसरीको इटहरीमा सञ्चालनमा आएको डिजिटल पेन्टस् ले सामाजिक उत्तरदायित्वका कामहरूलाई तीव्रता दिएको छ । धरान उपमहानगरपालिकाको मुख्य चोकमा रहेको घण्टाघरको रंगरोगनदेखि लिएर कुम्भमेला रंगरोगनलगायत कार्यहरूमा डिजिटल पेन्टसले उत्तरदायित्व अन्तर्गत काम गर्दै आएको छ  युवाहरू लक्षित गरेर गरिने मेला महोत्सव तथा खेलकुद क्षेत्रमा समेत डिजिटल पेन्टस् ले विभिन्न खाले सहयोग गर्दै आएको कम्पनीका प्रमुख परिचालन अधिकृत मणि कुमार आचार्यले बताए । उनले केही समयमै कोशी प्रदेशका विभिन्न डिलरहरूसँगको सहकार्यमा सुनसरी मोरङ, झापा लक्षित भएर स्वास्थ्य शिविर,आँखा शिविर जस्ता सामाजिक कार्यहरू गर्ने योजना बनाएको बताए ।

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १८:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार