Dashain Banner
Dashain Banner

छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने

शुक्रबार, वैशाख ७, २०८१

राजविराज । कृषिलाई आधुनिकीकरण गरी उत्पादन बढाउने उदेश्यले छिन्नमस्ता गाउँपालिकाले पालिका भित्र डिजिटिल सोइल म्यापिङ्ग (कम्प्युटरमा आधारित माटो नक्सांकन) कार्यक्रम गर्न लागेको छ ।  छिन्नमस्ता गाउँपालिकाले माटो प्रयोगशाला राजविराजको सहकार्यमा उक्त कार्यक्रम पालिकाको सातवटै वडामा आयोजना गर्न लागेको पालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए । पहिलो चरणमा पालिकाको ७ वटै वडामा रहेको कुल कृषि योग्य जग्गाको नक्सांकन गरिने अध्यक्ष चौधरीले बताए । ’म्यापिङ्ग गरे पश्चात जग्गाहरूको फसफोरस, पोटास, नाइट्रोजन, ओरगेनिङ्ग मेटर, टेक्सटल, जमिनहरुको किसिमलगायतको विषयबस्तुको डाटा पाउँछौँ,’ अध्यक्ष चौधरीले भने, ’कुन जग्गाको अवस्था के छ, कुन जग्गामा मल खाद्यको लागि के रणनिती बनाउनुपर्छ थाहा हुन्छ।’  उनले यो कार्यले संतुलित मलखाद्यको प्रयोग हुने र कृषि उत्पादन बढाउन तथा विषादीरहित उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ०३:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार