आजदेखि बालबालिकालाई भिटामिन ए खुवाइँदै

बिहीबार, वैशाख ६, २०८१

काठमाडौं । सरकारले आज वैशाख ६ र भाेलि ७ गते लबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको छ । भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने तयारी छ । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो । भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयमसेविका र १० हजार स्वास्थ्यकर्मी खटाइँदै छ ।  कार्यक्रमसँगै सोही दिन खोप लगाउन छुटेका बालबालिकालाई खोप पनि लगाइने छ । सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने गरेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ०६:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार