महालेखापरीक्षकमा सिफारिस राय सर्वसम्मत अनुमोदित

मंगलबार, वैशाख ४, २०८१

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित महालेखापरीक्षक तोयम रायको नाम अनुमोदन गरेको छ ।  समितिको मंगलबार बसेको बैठकले संसदीय सुनुवाईपछि रायको नाम सर्बसम्मतले अनुमोदन गरेको हो । महालेखापरिक्षकमा सिफारिस गरिएका राया २०८० वैशाख २१ गतेसम्म अर्थसचिव रही तत्पश्चात उपराष्ट्रपतिको कार्यालयमा सचिव र त्यसपछि राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारीका रुपमा काम गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १४:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार