भारतमा चटयाङ लागेर २ बालकको मृत्यु

आइतबार, वैशाख २, २०८१

पटना । भारतको मध्यप्रदेश श्यौल जिल्लामा चट्याङ लागेर २ बालकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ३ बालबालिका घाईते भएका छन् । बिजयपुर थाना प्रभारी सतीश दुबेका अनुसार घटना शनिवार साँझ भएको थियो। धामीनी गाउँ छेउमा बालबालिकाहरु बाख्रा चराईरहेका थिए, सोही क्रममा पानी पर्न सुरुहुँदा बालबालिकाहरु एउटा रुखमुनि बसिरहेका थिए । बर्षाको बीचमा अचानक चट्याङ लागेर ८ बर्षका १ जना र १२ बर्षका १ गरी दुईजनाको घटनास्थलमै मृत्यु भएको प्रभारी दुबेले जानकारी दिएका छन । चट्याङ लागेर घाईते दुई बालिका सहित तिनजनाको बिजयपुर स्थित स्वास्थ केन्द्रमा उपचार भईरहेको भारतीय प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १२:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार