ललितपुर महानगरमा वातावरण प्रहरीलाई तालिम 

वातावरण प्रहरी व्यवस्था गर्ने महानगर पहिलो स्थानीय तह 
बिहीबार, चैत २९, २०८०

ललितपुर । ललितपुर महानगरले वातावरण र पर्यावरण क्षेत्रमा काम गर्न ‘वातावरण प्रहरी’ को व्यवस्था गरेको छ । महानगरले यूएसएडको ‘स्वच्छ हावा’ नामक कार्यक्रमसँग सहकार्य गरी १५ जना नगर प्रहरीलाई तालिम दिन लागेको हो । बिहीबारबाट सुरु भएको तीन दिने तालिममा नगर प्रहरीहरूले वातावरण कसरी स्वच्छ राख्ने, सफा राख्ने, बोटबिरुवाको संरक्षण गर्ने सम्बन्धमा विज्ञबाट ज्ञान लिने छन् । 
तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नगरप्रमुख चिरीबाबु महर्जनले वायु प्रदूषण न्यूनीकरणका लागि अनेक उपाय र प्रयास गर्न महानगर तयार रहेको बताए ।

430063709_454848803648302_1024870066770842939_n-1712832480.jpg
उनले भने,‘ मेरो पहिलो कार्यकालमा ललितपुर महानगर भित्र धेरै वृक्षारोपण गरिएको थियो, ती विरुवा कोभिडको बेलामा हलक्कै बढे, त्यतिबेला कोभिडको डरले मान्छे पनि घरभित्रै भए, वायु प्रदुषण पनि भए ।’ कोभिडले संसारलाई आतंकित बनाए पनि विरुवा हुर्कन यो समय वरदान भएको प्रष्ट पारे । महर्जनले पछिल्लो पटक बसेको नगरसभाको बैठकमा नगर प्रहरी राख्ने निर्णय अनुरूप नै अहिले तालिम दिन लागिएको बताए । नगर प्रमुख महर्जनले वातावरण प्रहरीको व्यवस्था गर्ने महानगर सम्भवत पहिलो स्थानीय तह हो । उनले वातावरण प्रहरीको टोलीलाई आवश्यक भौतिक पूर्वाधारका लागि बजेटको व्यस्था गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले ललितपुरलाई ‘क्लिन सिटी’ बनाउने आफ्नो अभियान जारी राख्ने बताए । 

433291604_319711867501460_3956296366388374766_n-1712832480.jpg

कार्यक्रममा स्वच्छ हावा कार्यक्रममा प्रमुख एवं वातावरण विज्ञ भूषण तुलाधरले वातावरण प्रहरीको व्यवस्था गरेर ललितपुर महानगरले उदाहरणीय काम गरेको बताए । वातावरणको रक्षा गर्दा आइपर्ने खतराका बारेमा समेत उनले औंल्याए ।  
उनले  भने,‘ आगलागी र डढेलो नियन्त्रणमा जाँदा फायर फाइटरहरुको ज्यान जोखिममा रहन्छ । जोखिम भित्र रहेर उनीहरुले वातावरण स्वच्छ राख्ने उनले बताए । महानगरको वातावरणसम्बन्धी नीतिलाई कार्यान्वयन गर्ने र नागरिकको सुरक्षा वातावरण प्रहरीको मुख्य काम भएको बताए । उनले उपत्यकाको वायु प्रदूषणबाट पीडित सडकमा ड्यूटी गर्ने प्रहरी नै रहेको बताए ।

430114829_1384729595513775_5470198496000397723_n-1712832482.jpg

महानगरकी उपप्रमुख मन्जली शाक्य बज्राचार्यले स्वच्छ हावा बनाउनु प्रत्येक नागरिकको कर्तव्य रहेका बताइन् । यस अभियान सञ्चालनमा सबैको साथ र सहयोग आवश्यक रहेको औँल्याइन् । उनले कोभिडमा अक्सिजन नहुँदा भोगेको पीडा अहिले पनि आम सर्वसाधारणमा ताजै रहेको बताउँदै भनिन्,‘ वातावरण विज्ञहरूले नै भनेअनुसार काठमाडौँ उपत्यकाको वायु स्वासप्रश्वासका लागि अयोग्य रहेछ, यस्तो अवस्थामा वातावरण सफा र स्वच्छ राख्नु सबैको कर्तव्य हुनेछ ।’ ललितपुर महानगरले स्वच्छ हावा र वातावरण पर्यावरणीय कार्य अन्तर्गत विभिन्न स्थानमा ४० वटा पार्क बनाइसकेको छ । अब ४५ रोपनी जग्गामा पोखरीसहितको ठुलो पार्क बनाउने तयारी योजना महानगरको छ । कार्यक्रममा ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र देव भारती, महानगर प्रहरी प्रमुख सिताराम हाछेथु लगायतको उपस्थिति थियो ।433158906_1332951530713520_6175158655445195996_n-1712832482.jpg
433104485_793891992615804_7261519318439822612_n-1712832492.jpg
 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १६:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार