राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेद्वारा पदभार ग्रहण

बुधबार, चैत २८, २०८०

काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले पदभार ग्रहण गरेकी छन् ।  सिंहदरबारस्थित सभाकक्षमा बुधबार उनले पदभार ग्रहणपछि राष्ट्रिय सभाको उपाध्यक्षको पदको गरिमालाई सोहीअनुसार उचाइमा राखेर काम गर्ने प्रतिबद्धता जनाइन ।  उनले भनिन्, ‘राष्ट्रिय सभाको उपाध्यक्ष पदको गरिमालाई सोहीअनुसार उचाइमा राख्ने र समग्र राष्ट्रिय सभालाई नै त्यसको महत्व झल्काउने गरी अध्यक्षज्युसँग सहकार्य गर्ने र सबै माननीयज्युहरुसँग सहकार्य गरेर नै अगाडि बढ्ने प्रतिबद्धता जनाउँछु ।’ संविधानले व्यवस्था गरेको नियमावलीले दिएको मार्ग निर्देशनको परिधिभित्र रहेर सृजनात्मक ढंगले आफ्नो पद सम्हाल्ने विश्वास उनले दिलाइन । बुधबारै भएको निर्वाचनमा उनी कांग्रेस उम्मेदवारलाई पराजित गर्दै उपाध्यक्ष निर्वाचित भएकी हुन् । 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १८:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार