राष्ट्रियसभाको उपाध्यक्षमा विमला घिमिरे विजयी

बुधबार, चैत २८, २०८०

काठमाडौं। राष्ट्रियसभाको उपाध्यक्षमा एमालेबाट उम्मेदवार बनेकी विमला घिमिरे विजयी बनेकी छन् । बुधबार राष्ट्रियसभामा भएको मतदानमा उनले ३९ मत पाएर विजयी भएकी हुन । उनलाई उपाध्याक्ष बनाउने प्रस्तावको पक्षमा ३९ मत परेको थियो भने विपक्षमा १६ मत परेको थियो । यस प्रस्तावको मतदान प्रक्रियामा ५५ सांसदले भाग लिएका थिए । यस अघि कांग्रेसबाट उम्मेदवार बनेकी विष्णुदेवी पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । मतदानमा पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्तावको पक्षमा १६ मत परेको थियो भने विपक्षमा ३९ मत परेको थियो । यस प्रस्तावको मतदान प्रक्रियामा ५५ सांसदले भाग लिएका थिए ।

राष्ट्रियसभाको उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार पुडासैनी पराजित

राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवार बनेकी कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । बुधबार राष्ट्रियसभामा भएको मतदानमा पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्तावको पक्षमा १६ मत परेको थियो भने विपक्षमा ३९ मत परेको थियो । यस प्रस्तावको मतदान प्रक्रियामा ५५ सांसदले भाग लिएका थिए ।

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १७:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार