ललितपुर महानगर २३ नं. वडाले वितरण गर्‍यो ज्येष्ठ नागरिकका लागि निःशुल्क औषधि 

शुक्रबार, चैत २३, २०८०

धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २३ नं. वडा कार्यालयले ज्येष्ठ नागरिकहरूलाई सुगर र प्रेसरको निःशुल्क औषधि वितरण गरेको छ । यो औषधि चालु आर्थिक वर्ष (वैशाख, जेठ, असार महिना) को अन्तिम लट हो । वडा नं. २३ कार्यालयले आव २०८०–८१ को स्वीकृति स्वास्थ्य तथा पोषण उपक्षेत्र अन्तर्गतको बजेटमार्फत ६८ वर्ष पुगेका वडाका स्थायी बासिन्दालाई लक्षित गरी सुगर र प्रेसरको औषधि निःशुल्क वितरण गरिएको हो । 

May be an image of 10 peopleस्वास्थ्य तथा पोषण उपक्षेत्र अन्तर्गत ज्येष्ठ नागरिकको स्वास्थ्य चेक जाँच तथा वर्ष भरका लागि औषधि वितरण कार्यक्रममार्फत वडा कार्यालयले ३ महिनालाई पुग्ने गरी सुगर र प्रेसरका बिरामी ज्येष्ठ नागरिकलाई निःशुल्क औषधि वितरण गर्दै आएको छ । वडा कार्यालयले चालु आर्थिक वर्षदेखि यो कार्यक्रम सुरु गरेको हो । निःशुल्क औषधि लिन वडा कार्यालयमा निवेदन दिएका मध्ये केही ज्येष्ठ नागरिकहरूलाई (इन्सुलिन)सहितको आवश्यक औषधि वितरण गरिएको छ । 
निःशुल्क औषधि लिन आएका ज्येष्ठ नागरिकहरूले वडाका जनप्रतिनिधिलाई धन्यवाद दिँदै भविष्यमा पनि स्वास्थ्यका अझ धेरै कार्यक्रम ल्याउन सुझाव दिएका छन् । 

May be an image of 4 people, street and text

May be an image of 6 people and text

Jivan-1712311448.jpg
 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १५:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार