चन्द्रागिरिमा सामुदायिक नर्स कार्यक्रम 

घरघरमै स्वास्थ्य सेवा दिने देशैभरका तीन नगरपालिकामध्ये चन्द्रागिरि एक

मंगलबार, चैत २०, २०८०

ललितपुर । चन्द्रागिरि नगरपालिकाले सामुदायिक नर्स कार्यक्रम सञ्चालन गरी घरघरमै स्वास्थ्य सेवा प्रदान गरेको छ । नगर प्रमुख घनश्याम गिरीले सामुदायिक नर्स कार्यक्रम मार्फत घरघरमै स्वास्थ्य सेवा एवं परामर्श प्रदान गरिरहेको जानकारी दिए । 

Nuur-3-1712024973.jpg

यस किसिमको सेवा अन्तर्गत स्क्रिनिङ (मानसिक स्वास्थ्य, स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, पाँचवर्ष मुनिका बालबालिकाको स्वास्थ्य सर्वेक्षण), परामर्श, प्रेषण, फलोअप, गर्भवती घरभेट, सुत्केरी घरभेट, विद्यालय र समुदाय स्तरमा स्वास्थ्य शिक्षा जनचेतना लगायतका सेवा प्रदान भइरहेको छ । 

nur-6-1712024939.jpg
नगरपालिकाले महिलाको पाठेघरको मुखको क्यान्सर तथा आङ्ग खस्ने समस्या समयमै पहिचान गरी उपचार सेवाको पहुँचमा ल्याउन ‘स्क्रिनिङ तथा व्यवस्थापन’ को कामलाई तीब्र्र बनाएको छ । 
नगरपालिकाले प्रजनन रुग्णता स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत आफ्ना १५ वटै वडामा स्वास्थ्य शिविर नै सञ्चालन गरी ‘स्क्रिनिङ तथा व्यवस्थापन’ कार्यलाई अगाडि बढाइरहेको छ । हालसम्म चन्द्रागिरि –२, चन्द्रागिरि –७, चन्द्रागिरि –१५ मा स्वास्थ्य शिविर सम्पन्न भइसकेको स्वास्थ्य शाखाका प्रमुख जनस्वास्थ्य अधिकृत शम्भु कुमार महतोले जानकारी दिए । 

Nur-5-1712024940.jpg
चन्द्रागिरि–२ बाडभञ्ज्याङ स्थित स्वास्थ्य चौकीमा सञ्चालित शिविरमा २१४ जना महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो । चन्द्रागिरि –७ स्थित शहरी स्वास्थ्य केन्द्रमा सम्पन्न भएको स्वास्थ्य शिविरमा १८२ जना तथा चन्द्रागिरि –१५ स्थित तीनथाना स्वास्थ्य चौकीमा सञ्चालित शिविरमा १८६ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । सो शिविरमा मुटु जाँच तथा साधारण जाँच पनि गरिएको थियो । 

Nures-5-1712024946.jpg
नगर प्रमुख गिरीले प्रजनन रुग्णता स्वास्थ्य सेवा कार्यक्रमलाई महत्व दिएर नगरका सबै वडाका स्वास्थ्य संस्थामा महिला स्वास्थ्य सेवा प्रदान भइरहेको बताए । 

Nurse-1712024968.jpg

नगरपालिकाद्वारा सञ्चालित प्राथमिक अस्पताल थानकोटमा डायलासिस सेवा पनि छिट्टै सञ्चालनमा आउने उनले जानकारी दिए । २०७६ बैशाख २८ देखि चन्द्रागिरि–४ थानकोटमा सञ्चालित १५ शय्याको उक्त अस्पतालले हाल प्रयोगशाला, आकस्मिक सेवा र वर्थिङ सेन्टरसहितको सेवा प्रदान गरिरहेको छ । अस्पतालले पछिल्लो समय विशेषज्ञ मुटु रोग सेवा, परिवार नियोजन सेवा, ज्येष्ठ नागरिक, विपन्न तथा अपाङ्गता भएकालाई निःशुल्क सेवा प्रदान गरिरहेको छ ।

Nurs-4-1712024959.jpg
Nurse-1-1712024962.jpg
 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ०८:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार