महिलाको स्तनमा हुने क्यान्सर परीक्षण शिविरमा २ सयजनाको स्वास्थ्य परीक्षण 

३ जनामा स्तन क्यान्सरको लक्षण भेटिएपछि थप उपचारका लागि रिफर 
आइतबार, चैत १८, २०८०

धापाखेल(ललितपुर) । ललितपुर महानगरपालिका वडा नं. २३ ले नेपाल क्यान्सर अस्पताल हरिसिद्विको सहयोगमा आयोजना गरेको महिलाहरूको स्तनमा हुने क्यान्सर परीक्षण निःशुल्क शिविरमा २ सय महिलाको स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य परीक्षण गरिएका २०० जनामध्ये ३ जनामा स्तनमा हुने क्यान्सरको लक्षण देखिएको थियो । क्यान्सरका लक्षण देखिएका महिलालाई थप उपचारका लागि अस्पताल रिफर गरिएको छ ।

May be an image of 7 peopleथप उपचारका लागि रिफर गरिएका वडावासी महिलालाई उपचारमा के कस्तो सहयोग गर्न सकिन्छ भन्नेबारे वडा कार्यालयले छिट्टै निर्णय लिने वडाअध्यक्ष जीवन महर्जनले जानकारी दिनुभयो ।  वडा कार्यालयले वडावासीको स्वास्थ्यलाई ख्याल गर्र्दै विविधि खाले स्वास्थ्य सेवा दिइरहेको जानकारी दिँदै वडाअध्यक्ष महर्जनले भन्नुभयो,‘निःशुल्क स्वास्थ्य शिवर त रहेछ भन्दै सहभागी नहुने प्रवृत्ति अन्त्य गर्न म वडावासीलाई आह्वान गर्दछु ।’ 

 

May be an image of 7 people, people studying, television and hospital

May be an image of 14 people, people smiling, people standing, temple, picnic and office

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ११:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार