आज उपत्यकासहित पाँच प्रदेशमा वर्षाको सम्भावना 

शुक्रबार, चैत १६, २०८०

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम आंशिक देखि साधारण बदली रही बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ । आज उपत्यकासहित देशभरको मौसम आंशिक बदली रहने छ ।  हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेकाले शुक्रबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि साधारण बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहने छ । आज कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना देखिएको महाशाखाले जनाएको छ । 
आज राती देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । साथै, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार