थप ९३६ जनामा कोरोना भाइरस पुष्टि

सङ्क्रमितको कुल संख्या साढे दुई लाख नाघ्यो
मंगलबार, मंसिर ३०, २०७७

काठमाडौं । नेपालका विभिन्न जिल्लामा थप ९३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । विगत २४ घण्टमा देशभरि ७,११७ जनाबाट संकलित नमुनाको परीक्षण गर्दा ३५१ महिला र ५८५ पुरुषमा कोभिड–१९ पुष्टि भएको हो । यो वृद्धिसँगै देशभरि संक्रमितको कुल संख्या साढे दुई लाख नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १४ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ । 
केही सातायता दैनिक हुने परीक्षणको संख्या घटे पनि काठमाडौं उपत्यकामा धेरै संक्रमित फेला पर्ने क्रम जारी छ । मंगलबार काठमाडौंमा ३१० सहित उपत्यकामा ४३८ जनामा कोरोनाभाइरस संक्रमित फेला परे । मन्त्रालयका अनुसार थप १ हजार ९९६ जना निको भएसँगै कोभिडमुक्त भएका सङ्क्रमितको संख्या २ लाख ३८,५६९ पुगेको छ । अहिले देशभरि ९ हजार ८८१ जनामा सक्रिय संक्रमण रहेको र तीमध्ये आधाभन्दा बढी अर्थात् ५ हजार ३९३ जना काठमाडौं उपत्यकाका तीन जिल्लामा छन् । अहिले नेपालमा पीसीआर परीक्षण गरिएका नमुनामध्ये १३.५ प्रतिशतमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । तर पर्याप्त परीक्षण नभएकाले यो तथ्यांकले नेपालमा कोरोनाभाइरस महामारीको वास्तविक स्थिति प्रतिविम्बित नगर्ने जनस्वास्थ्यविद्हरूको भनाइ छ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर ३०, २०७७  १७:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार