आज वर्षासहित हिमपातको सम्भावना  

सोमबार, चैत १२, २०८०

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य भूभागमा मौसम सफा रहने छ । यस्तै, दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थान मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ भने देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ । 
राती भने कोशी, बागमती, मधेश र गण्डकी प्रदेशका केही स्थान र बाँकी पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ भने कोशी र मधेश प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  ०७:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार