प्रोटिनजन्य खाद्यान्नमा पहुँच ‘राइट टु प्रोटिन रन’मा ७ हजार भन्दा बढी सहभागी

शनिबार, चैत १०, २०८०

काठमाडौं । प्रोटिनजन्य पदार्थमा पहुँचको चेतना अभिवृद्धिका लागि नेपाल भेटेरिनरी संघको आयोजनामा राजधानीमा ‘राइट टु प्रोटिन रन’ आयोजना भएको छ ।  प्रोटिनमाथिको अधिकारको मर्मलाई आत्मसात गर्दै जनचेतना अभिवृद्धिका लागि आयोजना गरिएको हाफ म्याराथनमा करिब ७ हजार १९ जनाले प्रतिस्पर्धा गरिरहेका छन् ।  हाफ म्याराथनको पुरुषमा १ हजार २ सय ६६ र महिलामा १ सय ८२ खेलाडी दौडिएका छन् ।  पुरुष १० किलोमिटर दौडमा ३ हजार ८१ र महिला ५ किलोमिटर दौडमा १ हजार १ सय ६६ खेलाडी सहभागीले दर्ता गरेका थिए । 


१२ कक्षासम्मका विद्यार्थीका लागि पाँच र तीन किलोमिटर दौडको स्पर्धा भइरहेको छ ।  कक्षा १२ सम्मको पुरुष ५ किलोमिटर दौडमा ७ सय ९२ र महिला ३ किलोमिटर दौडमा ४ सय ७२ तथा व्हीलचेयरको पुरुषमा ४० र महिलामा २० खेलाडी दर्ता भएका थिए ।  प्रतियोगितामा पुरुष १० किमि र महिला पाँच किमि विधाका दौड भइरहेका हुन् । हाफ म्याराथनको विजेताले एक लाख र उपविजेताले ५० हजार पुरस्कार पाउनेछन् ।  त्यसैगरी १० किमिको विजेताले ५० हजार र पाँच किमिको विजेताले ३० हजार रुपैयाँ पाउनेछन् । 
दशरथ रंगशालामा भइरहेको दौडमा  धावकलाई १२ स्थानमा प्राथमिक उपचार र घाइते भएमा एम्बुलेन्सको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  ११:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार