जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पारेको असरबारे  मध्यपुर थिमिका स्वास्थ्यकर्मीलाई तालिम

शुक्रबार, चैत ९, २०८०

भक्तपुर । जलवायु परिवर्तनसँगै पछिल्लो समय कोभिड, डेंगुलगायत विभिन्न किसिमका सरुवा रोगहरू फैलिएर धेरै मानिसहरूको अकालमा ज्यान जान थालेको छ । यस्तो अवस्थामा मध्यपुर थिमि नगरपालिका क्षेत्रमा वसोवास गर्दै आएका वासिन्दाको स्वास्थ्यप्रति संवेदनशिल रहि समयमै सर्तकता अपनाउने उद्देश्यले नगरपालिकाको ९ वटै वडाको स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पारेको असर र यसबाट बच्ने उपायबारे तालिम दिइएको छ । 
फ्रान्सको राजधानी पेरिसस्थित फाउण्डेशन ‘एस’ को आर्थिक सहयोगमा हिमालयन सोसियल वेल्फेयर अर्गनाइजेशन र मध्यपुर थिमि नगरपालिकाले संयुक्त रुपमा सो तालिम आयोजना गरेका हुन् । 
तीनवटा समूह बनाई दुई÷दुई दिन आयोजना गरिएको सो तालीममा नगरपालिकाको ९ वटै वडाका ५१ जना स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।

2-haswo-1711100729.jpg
स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई यसप्रकारको तालिम दिँदा त्यहाँ उपचारको लागि आउने बिरामीहरुको रोगको कारण पहिचान गर्न र जलवायु परिवर्तनबाट लागेका सरुवा रोगबारे बेलैमा सचेतता अपनाएर अरुवाई बचाउन सजिलो हुने हिमालयन सोसियल वेल्फेयर अर्गनाइजेशनकी कार्यकारी निर्देशक अनुपमा श्रेष्ठले बताइन् ।
सो तालिमको मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले उद्घाटन गरेका थिए भने समापनमा तालिमका सहभागी स्वास्थ्यकर्मीहरूलाई नगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख ज्ञानेन्द्र भट्टले प्रमाणपत्र वितरण गरेका थिए । 
हिमालयन सोसियल वेल्फेयर अर्गनाइजेशनकी अध्यक्ष रत्नकेशरी श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाकी कार्यकारी निर्देशक अनुपमा श्रेष्ठ, मध्यपुर थिमि नगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख ज्ञानेन्द्र भट्ट, जनस्वास्थ्य विभाग प्रमुख श्रीकृष्ण प्रजापति तथा तालिमका प्रशिक्षक डा.यादव प्रसाद जोशीले तालिमको आवश्यकता र महत्वबारे प्रकाश पारेका थिए ।

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १५:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार