गोदावरी नगरपालिका ६ नं. वडा टिकाभैरवमा महिलाको प्रजनन स्वास्थ्य जाँच्न स्वास्थ्य शिविर

  २०० सयले गराए परीक्षण 
शुक्रबार, चैत ९, २०८०


ललितपुर । स्वास्थ्य कार्यालय ललितपुरले गोदावरी नगरपालिका वडा नं. ६ मा महिलाको प्रजनन स्वास्थ्य परीक्षणका लागि शिविर सञ्चालन गरेको छ । वडा नं.६ टिकाभैरब र आधारभूत स्वास्थ्य केन्द्र–६ नं. वडासँग समन्वय गरी उक्त शिविर सञ्चालन गरिएको हो । 
शिविरमा दुई सय १ जना महिलाले स्वास्थ्य परीक्षण गराएका छन् । शिविरमा महिलाहरूमा हुन सक्ने अब्स्टे«टिक फिस्टुला, पाठेघर खस्ने समस्यालगायतको प्रजनन स्वास्थ्य रुग्णताको जाँच गरिएको थियो । गोदावरी नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष विष्णुमान महर्जनले यस्ता शिविरले व्यक्तिलाई स्वास्थ्यप्रति सचेत रहन मद्दत गर्ने बताए । 

WhatsApp-Image-2024-03-22-at-08.06.05-1711075036.jpeg

गोदावरी नगरपालिका र वडाले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेको बताउँदै आफ्नो वडामा शिविर आयोजना गरेकोमा स्वास्थ्य कार्यालयलाई धन्यवाद दिए । स्वास्थ्य कार्यालयका प्रमुख डा. भुवन पौडेलले रोग पहिचानका लागि शिविर आयोजना गर्नु महत्वपूर्ण भएको बताए । यस्ता शिविरले सचेतना वृद्धि हुनुका साथै आफ्नो स्वास्थ्यप्रति जिम्मेवार हुन मद्दत गर्ने उनको भनाई थियो । कार्यक्रममा फोकल पर्सन अम्बिका पाण्डे, स्वास्थ्य शाखाकी विना अधिकारी, स्वास्थ्य इन्चार्ज संजीव कुमार मल्लिक र डा.सिर्जन तिमिल्सिनाको उपस्थित थियो । स्वास्थ्य परीक्षण गराएका महिलाले स्वास्थ्य कार्यालय र वडालाई महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राखेकोमा धन्यवाद दिए ।

GM-6-c-1711075033.jpg
 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ०८:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार