सांसद मन्जु अन्सारीको निधन

आइतबार, चैत ४, २०८०

काठमाडौं । प्रतिनिधि सभा सदस्य मन्जु अन्सारीको आइतबार निधन भएको छ । जनता समाजबादी पार्टीका तर्फबाट समानुपातिक सांसद रहेकी उनको हृदयघातका कारण काठमाडौको सिभिल अस्पतालमा मृत्यु भएको जसपा प्रबक्ता मनिस सुमनले जानकारी दिए ।


जनता समाजबादी पार्टीका तर्फबाट तात्कालिन अवस्थामा समानुपातिक सांसद चुनिएकी सहनाज रहमानको हृदयघातकै कारण २०७९ फागुन १३ गते निधन भएपछी पार्टीको सिफारिसमा अन्सारी २०७९ चैत ६ गते प्रतिनिधि सभा सदस्य चुनिएकी थिइन्  ।
२०४६ सालमा तत्कालिन नेपाल सदभावना पार्टीबाट राजनीति सुरु गरेकी अन्सारीले पार्टी निकट सद्भावना महिला मञ्चको केन्द्रीय अध्यक्षसम्मको जिम्मेवारी निर्वाह गरेकी थिइन् ।
उनले २०५६ सालमा सदभावना पार्टीबाट रौतहट क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा गरेकी थिइन् । उनी २०६४ सालमा भएको मधेस विद्रोहमा सहभागी भएकी थिएन । 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  ११:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार