पहाडी भू–भागमा आंशिक बदली रहने,केही स्थानमा हल्का हिमपातको सम्भावना 

शुक्रबार, चैत २, २०८०

काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशभर पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । शुक्रबार सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको हो ।  आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले उल्लेख गरेको छ।
शुक्रबार बेलुका लुम्बिनी र वागमती प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  ०७:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार