ललितपुर महानगरपालिका वडा नं. २४ मा पनि सम्पन्न भयो कर शिक्षा कार्यक्रम (भिडियो) 

बुधबार, फागुन ३०, २०८०

नागदह (ललितपर) । ललितपुर महानगरपालिका वडा नं २४ मा कर शिक्षा कार्यक्रम सम्पन्न भएको छ । महानगरको स्थानीय राजश्व परामर्श समितिद्धारा २४ नं. वडा कार्यालयको समन्वयमा आयोजित कर शिक्षा कार्यक्रम भब्य रुपमा सम्पन्न भएको हो । 

wada-24v--1710320768.JPG

कर शिक्षा कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपप्रमुख एवम् स्थानीय राजश्व परामर्श समितिका संयोजक मञ्जली शक्य बज्राचार्यले धरासायी भएको राज्यको अर्थतन्त्रलाई माथि उकास्न नागरिकहरूलाई करमा सहभागी हुन आह्वान गर्नुभयो । उहाँले ललितपुर महानगरपालिकाले दुई वर्षयता करको दायरा बढाउँदै करको दरमा फेरबदल नगरेको जनाउँदै जति धेरै नागरिक करमा सहभागी हुनुभयो त्यति नै करको दर नबढ्ने बताउनुभयो ।  

24-wada-1710314429.jpg

कार्यक्रमका सभापति एवम् वडा नं २४ का वडाअध्यक्ष दिनेशजंग पाण्डेलेले आफ्नो वडाले कर तिर्न आउने वडावासीलाई केही सहुलियत प्रदान गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । 
२४ नं. वडा कार्यालयले सम्पत्ति कर तिर्न आउने वडावासीलाई ठूलो खालको डष्टविन उपलब्ध गराउने निर्णय गरेको छ वडाअध्यक्ष पाण्डेले भन्नुभयो, ‘कृषि क्षेत्रमा लाग्ने वडावासीलाई कम्पोष्ट मल बनाउन आवश्यक पर्ने सामान सहयोग तथा वडाबाट बिरामी हुँदा अस्पतालसम्म जान लाग्ने एम्बुलेन्सखर्च स्वरुप ललितपुरको हकमा एक हजार, काठमाडौंको हकमा पन्ध्र हजार तथा भक्तपुरका अस्पतालसम्म जाँदा दुई हजार रुपैयाँ उपलव्ध गराउने निर्णय गरेका छौं ।’

Dinu-1710314454.jpg

समापन समारोह अघिको छलफलमा राजश्व प्रशासन महाशाखाका प्रमुख प्रेमबहादुर थापाले कर सम्बन्धी प्रस्तुति दिनु भएको थियो । राजश्व प्रशासन महाशाखाकी अधिकृत जानुका श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा आन्तरिक लेखा परीक्षण प्रमुख तिलकबहादुर थापाले स्वेच्छिक कर अभिवृद्धि गर्न जनचेतना जगाउन यस्ता कार्यक्रम गरिएको बताउनुभयो । 

May be an image of 7 people, newsroom, dais and text
कार्यक्रममा ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले करका विविध पक्षका पाटोबारेमा प्रकाश पार्नु भएको थियो । कर शिक्षा कार्यक्रममा वडाका जनप्रतिनिधि इन्द्रा श्रीश, निशा मालबुल, उद्धब बस्नेत, हरिकृष्ण मजर्हन, वडासचिव हर्कबहादुर अधिकारीसहित महिला समूहका पदाधिकारी तथा प्रतिनिधि, टोल विकास समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । 
कर शिक्षा कार्यक्रमका सहभागीहरूले अब देखि आफूहरू अग्रसर भएर कर तिर्ने जानकारी गराएका थिए । 

May be an image of 8 people, people studying and text

May be an image of 15 people, people studying and text

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार