स्थानीय तहलाई निर्देशन दिन सक्ने अवस्थामा छैनौं : सामान्य प्रशासनमन्त्री 

मंगलबार, फागुन २९, २०८०

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले तीन तहको सरकारमध्ये जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने निकाय स्थानीय सरकार भएकाले नगरपालिका तथा गाउँपालिकाहरु थप जिम्मेवार हुनुपर्ने बताएका छन् ।  नेपाल नगरपालिका संघको ३१औं स्थापना दिवसको अवसरमा मंगलबार आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री जोशीले स्थानीय तहका प्रमुखहरुको हाकिमका लागि सिंहदरबार कुदेरै कार्यकाल पुरा गर्ने गरेको उल्लेख गर्दै संघीय संघीय निजामति ऐन बनेमा यसको समाधान हुने बताए । 
उनले भने, ‘अहिले हामी स्थानीय तहलाई केही निर्देशन दिन सक्ने अवस्थामा हामी पनि छैनौं । अहिलेसम्म एउटा ऐन ल्याउन सकेका छैनौं । संघ र प्रदेश सरकारबाट सञ्चालित योजनाको अवस्था त बेहाल थियो नै सात सय ५३ वटै स्थानीय तहका पालिका प्रमुख, उपप्रमुखहरुलाई विकास निर्माण भन्दा कर्मचारीलाई कसरी ल्याउने व्यवस्थापन गर्ने भन्नेमा मात्र ध्यान जाँदो रैछ । सिंहदरबार कुदेरै कार्यकाल सक्ने पनि छन् । संघीय निजामति ऐन सदनमा दर्ता भैसकेको छ । त्यो पास भएपछि अधिकांस समस्याहरु समाधान भएर जानेछन् ।’ 
पहिलेको सरकारले पेस गरेका विधेयक र सुरु गरेका कामहरु अहिले आफ्नो पोल्टामा आएको भन्दै मन्त्री जोशीले आफू जिम्मेवार भएर लाग्ने प्रतिवद्धता जनाए । 
मन्त्री जोशीले कोरोनाको प्रकोप फैलिरहेको बेलामा स्थानीय सरकारले खेलेको भूमिकाको प्रशंसा गर्दै थप जिम्मेवार भएर लाग्न प्रतिनिधि संघहरुलाई आग्रह गरे । 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  २१:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार