राष्ट्रिय व्यापी हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका खड्क बहादुर खड्कालाई

शनिबार, फागुन २६, २०८०

बज्रबाराही (ललितपुर) । ललितपुरको गोदावरी नगरपालिकाद्धारा आयोजित राष्ट्रिय व्यापी हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका खड्क बहादुर खड्काले जितेका छन् । गोदावरी नगरपालिकाको आठौँ स्थापना दिवसका अवसरमा राष्ट्रिय व्यापी खुल्ला हाफ म्याराथम (२१ कि.मी.) को निर्धारित दूरी एक घन्टा १० मिनेटमा पूरा गदै खड्काले उपाधि जितेका हुन् ।
एक घन्टा १२ मिनेट ८ सेकेन्डमा दूरी पूरा गर्दै त्रिभुवन आर्मी क्लबका गजेन्द्र राई दोस्रो र सञ्जय श्रेष्ठ एक घन्टा १२ मिनेट ४५ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो भए ।

May be an image of 6 people, crowd and text
त्यस्तै एक घण्टा १३ मिनेट ४७ सेकेन्डमा आफ्नो दूरी पुरा गर्दै त्रिभुवन आर्मी क्लबका करण रावल चौथो र १ घण्टा १४ मिनेट ३७ सेकेन्डमा आफ्नो दूरी पूरा गर्दै त्रिभुवन आर्मी क्लबका श्रीकास राईले पाँचौं हुन सफल भए ।
प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सभा सदस्य मीनकृष्ण महर्जनले रिबन काटेर गरेका थिए भने प्रतियोगिताको सुरुवात गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले सिठी बजाएर सुरु गरेका थिए ।
गोदावरी नगरपालिकाको प्रशासकीय भवनबाट सुरु म्याराथन नगरपालिकाको वडा नं १३ झरुवारासी, वडा नं ३ गोदावरी बसपार्क, वडा नं २. विशंखुनारायण, वडा नं १ गोदामचौर ,वडा नं १४ बाँडेगाउँ, झरुवारासी, वडा नं १२ थेचो लगायतका विभिन्न ठाउँको परिक्रमापछि चापागाउँ हुँदै पुनः नगरपालिका कार्यालयमा आएर सम्पन्न भएको थियो । 

May be an image of 7 people, child, crowd and text
गोदावरी नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा ललितपुर जिल्ला एथलेटिक्स संघको प्राविधिक सहयोगमा प्रतियोगितामा म्याराथनसँगै तीन विधाका दौडहरू भएका थिए । जसअन्तर्गत गोदावरी नगरपालिका व्यापी खुल्ला पुरुष (१० कि.मी.) र गोदावरी नगरपालिका व्यापी खुल्ला महिला (५ कि.मी.) प्रतियोगिता भएको थियो ।
पुरुष तर्फ खुला १० किलोमिटर दौडको दूरी ४१ मिनेट २० सेकेन्डमा पूरा गर्दै गोदावरी ७ बुरुन्चुलीका राजाराम तामाङ प्रथम भए । ४२ मिनेट ८ सेकेन्डमा दूरी पार गर्दै गोदावरी ५ लेलेका रोमन महत दोस्रो र ४२ मिनेट ४१ सेकेन्डमा दूरी पूरा गर्दै श्री बुद्धमावि टिकाभैरवका नवराज बानियाँ तेस्रो भए । त्यस्तै प्रतियोगितामा ४३ मिनेट १२ सेकेन्ड पूरा गर्दै गोदावरी नगरपालिका ११ चापागाउँका विकास देसार चौथो र ४४ मिनेट ४४ सेकेन्डमा दुरी पूरा गर्दै श्री बुद्ध मावि टिकाभैरवका नवीन बानियाँ पाँचौं भए ।

May be an image of 5 people, crowd and text
महिलातर्फ खुल्ला ५ किलोमिटर दौडमा २८ मिनेट ५१ सेकेन्डमा आफ्नो दूरी पूरा गर्दै गोदावरी ११ चापागाउँकी बिन्दा धान्के श्रेष्ठ प्रथम भइन् । २९ मिनेट ४५ सेकेन्डमा दूरी पूरा गर्दै बुद्ध मावि बाँडेगाउँकी प्रकृति मगर दोस्रो र ३३ मिनेट ११ सेकेन्डमा सरस्वती मावि लेलेकी सलिना तामाङ तेस्रो भइन्।
प्रतियोगितामा किटिनी मावि टौखेल कि आश्मा बि.क. चौथो र सरस्वती मावि लेलेकी सन्दिका नगरकोटीले पाँचौं उपाधि जित्न सफल भइन् ।
हाफ म्याराथन सहित तीन विधातर्फ भएको प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ५० हजार, ३५ हजार र २५ हजार नगदसँगै मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने खेलकुद विकास समितिका अध्यक्ष निरोज बज्राचार्यले जानकारी दिए ।

May be an image of 5 people, hat and text that says "arathon"
विजयी हुने खेलाडीलाई भोलि हुने नगरपालिकाको आठौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले नगद पुरस्कार सहित सम्मान गर्ने आयोजकले जानकारी दिएका छन् । 
गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले हाफ म्याराथनतर्फ भाग लिइ खाली खुट्टा दौडिएका थुलुङ दुधकोशी गाउँपालिका–९, सोलुखुम्बु घर भई हाल कपन बस्ने प्रतियोगी लोकेन्द्र राईलाई नगद ५ हजार नगदसहित भोलि हुने कार्यक्रममा सम्मान गरिने जानकारी दिए ।

May be an image of 7 people and text
 कार्यक्रममा उपप्रमुख मुना अधिकारी, गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अचुतराज रेग्मी, विभिन्न वडाका वडाअध्यक्ष, नगरपालिकाका कर्मचारी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, कार्यपालिका सदस्य, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक एवं नगरवासीको उल्लेख्य उपस्थिति रहेको थियो ।

May be an image of 7 people, crowd and text that says

May be an image of 6 people and text

May be an image of 10 people, crowd and text

May be an image of 1 person and text

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १९:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार