माधव नेपाल बिरामी, प्रधानमन्त्री दाहाल पुगे भेट्न

सोमबार, फागुन २१, २०८०

काठमाडौं । बिरामी भएका एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेट्न सोमबार साँझ प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कोटेश्वरस्थित निवासमा पुगेका छन् । 
नेता नेपालको स्वास्थ्य अवस्था बुझ्न र स्वास्थ्यलाभको कामना गर्न दाहाल कोटेश्वरस्थित निवासमा पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल निवासमा दाहाल र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पुगेका हुन् ।
यद्यपि दाहालले सत्ता साझेदारीका लागि एमालेसँग बनाएको नयाँ गठबन्धनमा नेपाललाई पनि सामेल गराउन चाहिरहेको र फकाउन त्यहाँ पुगेको बुझिएको छ । 
उता तीन जना बिनाविभागीय मन्त्रीहरुको शपथ ग्रहणपछि बालुवाटारमा गठबन्धनको बैठक बसिरहेको छ । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा अध्यक्ष उपेन्द्र यादव, एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, वर्षमान पुन लगायत छन् । 
एमाले माओवादी नयाँ गठबन्धन वामपन्थी एकताको प्रयास समेत भनिएकाले अध्यक्ष नेपाललाई पनि सँगै लैजानुपर्ने दाहालको मत छ  ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  २१:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार