आज यी प्रदेशमा मेघगर्जन र चट्टयाङ्गसहित वर्षा हुने

दिउँसोबाट मौसममा क्रमिक सुधार आउने 
सोमबार, फागुन २१, २०८०

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशभर आंशिक देखि मौसम सामान्य बदली रहने छ ।  हाल देशभर आंशिक देखि साधारणतया बदली रही कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन चट्टयाङ्गसहित हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको अनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा हुनेछ । 
सोमबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि साधारणत बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । 
आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुका  साथै बाँकी प्रदेशका पहाडी भुभागका एक–दुई स्थानमा मेघगर्जन चट्टयाङ्गसहित हल्का बर्षाको सम्भावना रहेको छ। साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । 
सोमबार राती कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यो वर्षको प्रि मनसुन सुरुआत भएसँगै शनिबारदेखि काठमाडौं उपत्यका सहित देशका अधिकांश भूभागमा हल्का देखि मध्यम वर्षा भएको छ । पडाडी तथा उच्च पहाडी र हिमाली भू– भागमा बाक्लो हिमपात पनि भएको छ ।  पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै जुम्लामा १४ दशमदब ५ मिलिमिटर वर्षा भएको छ । यस्तै बाँकेमा पनि १४ दशमदब २ मिलिमिटर वर्षा भएको छ । 
त्यसपछि डडेलधुरामा ११ दशमलब ५,दिपायलमा १० दशमदब ७ मिलिमिटर, डडेलधुरामा १३ दशमलब ५ र काठमाडौंमा ५ दशमलब ७ मिलिमिटर वर्षा भएको छ । 
आज दिउँसोबाट भने क्रमिक रूपमा मौसममा सुधार हुँदै जाने महाशाखाले जनाएको छ  

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ०७:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार