ललितपुर महानगरपालिका २३ नं. वडामा ज्येष्ठ नागरिकका लागि निःशुल्क आँखा शिविर (भिडियो)

आइतबार, फागुन २०, २०८०

धापाखेल(ललितपुर) । ललितपुर महानगरपालिका २३ नं. वडा कार्यालयमा अस्ति शुक्रबार ज्येष्ठ नागरिकका लागि निःशुल्क आँखा शिविर आयोजना गरियो । वडा स्वास्थ्य कार्यान्वयन समितिको आयोजना तथा महानगरपालिका २३ नं. वडा कार्यालयको सहयोगमा सञ्चालित ज्येष्ठ नागरिकहरूका लागि मधुमेही आँखा जाँच शिविरमा आवश्यकहरूका लागि चस्मा पनि वितरण गरिएको थियो । मधुमेहको कारण आँखाको पर्दा तथा दृष्टिमा पर्ने असर सम्बन्धी सचेतना र आँखा जाँच तथा उपचारसहितको निःशुल्क आँखा जाँच शिविर आयोजना गरिएको वडा कार्यालयले जानकारी दिएको छ । 

May be an image of 10 people, people studying and text
शिविरमा मधुमेहले हुने पर्दा रोगहरूको उपचारमा विशेष सहुलियत प्रदान गरिएको थियो । साथै शिविरमा छानिएका मोतिविन्दुका बिरामीहरूलाई तिलगंगा सामुदायिक आँखा केन्द्र चापागाउँमा भोलि फानुन २१ र २३ गते निःशुल्क शल्यक्रिया गरिने तिलगंगा आँखा अस्पतालका नेत्र अधिकृत भोजराज पोखरेलले जानकारी दिनुभयो । 

May be an image of 2 people, people studying, slow loris and hospital
२३ नं. वडा कार्यालयको आयोजनामा भएको उक्त आँखा शिविरमा नेपाल आँखा कार्यक्रम–तिलगंगा आँखा प्रतिष्ठान गौशााला काठमाडौंको प्राविधिक सहयोग रहेको थियो । आँखा शिविरमा तिलगंगा आँखा प्रतिष्ठानका १० जना चिकित्सकसहितको टोलीले सहयोग गरेको थियो । वडा कार्यालय अन्तर्गतका महिला स्वास्थ्य स्वयम् सेविका, टोल हेल्थ प्रमोटर (टिएचपी)सहित स्थानीय बुद्धिजीविले शिविरमा सहयोग गरेका थिए । बिहान नौबजेबाट सुरु भएको शिविर अपराह्न ३ बजेसम्म चलेको थियो । शिविरमा उल्लेख्य मात्रामा ज्येष्ठ नागरिकहरूको सहभागिता रहेको थियो । 

May be an image of 12 people and temple

May be an image of 2 people, people studying, hospital and text

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  २०:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार