आज देशका धेरै स्थानमा छिटफुट देखि हल्का वर्षाको सम्भावना 

आइतबार, फागुन २०, २०८०

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशभर मौसम बदली रही धेरै स्थानहरुमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  
हाल देशभर मौसम सामान्य बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको महाशाखाले जनाएको छ । 
आज दिउँसो देशभरको मैसम सामान्य बदली रहने छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशसहित कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने महाशाखाले उल्लेख गरेको छ । 
साथै,बाँकी भू–भागको थोरै स्थानहरूमा छिटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । आज देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ।
आइतबार राती देशभरको मौसम आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको साथै बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 
पश्चिमी न्यून चापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा यस प्रणालीको प्रभावका कारण हिजो र आज ९आइतबार० देशका धेरै स्थानमा छिटफुट देखि हल्का वर्षा भैरहेको छ । शनिबार सबैभन्दा धेरै जुम्लामा १६ दशमदब १ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै डडेलधुरामा ११ दशमलब ६ र धनगढीमा १० मिलिमिटर वर्षा भएको छ । 
सोमबारबाट भने क्रमिक रूपमा मौसममा सुधार हुँदै जाने महाशाखाले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  ०७:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार