Dashain Banner
Dashain Banner

ललितपुर महानगर २३ नं. वडाका ४२८० बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धको खोप 

छुटेकालाई फागुन २३ गते स्वास्थ्य केन्द्रमा खोप लगाइने
बुधबार, फागुन १६, २०८०

​ललितपुर । गत आइतबारदेखि देशैभर सुरु भएको राष्ट्रिय दादुरा–रुबेला खोप अभियानमा बालबालिकाले खोप लगाउने दर बढ्दो छ । स्थानीय सरकारका प्रतिनिधि, विद्यालय तथा अभिभावकहरूले खोपप्रति देखाएको सतर्कताकै कारण खोप अभियानमा बालबालिकाले खोप लगाउने दर बढ्दो क्रममा रहेको हो ।  सरकारले गत आइतबारदेखि दादुरा–रुबेला खोप अभियान देशैभर सञ्चालन गरिरहेको छ । सन् २०२६ सम्ममा यो रोग निवारण गर्ने तयारी स्वरुप सरकारले यो अभियान चलाएको हो । 
दादुरा—रुबेला खोप अभियानमा लक्षित समूह नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाहरु र नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरु हुन् । तराईका २१ जिल्ला र काठमाडौं उपत्यकाका तीन जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई गत आइतबारदेखि खोप लगाउन थालिएको छ ।   

khop-23-1709093445.jpg
यसै सन्दर्भमा अस्ति सोमबार ललितपुर महानगरपालिका २३ नं. वडाका ७ वटा खोप केन्द्रमा ४२८० जना बालबालिकालाई खोप लगाइएको छ । खोप अभियानअन्तर्गत गत सोमबार वडा भित्र रहेका श्रीकृष्ण मावि, पद्म प्रकाश मावि, जेम्स मावि, रिजेन्ट स्कुल, जुगल स्कुल, आइजे पायोनियर तथा फेरिज वल्ड मन्टेश्वरी स्कुलमा खोप केन्द्र राखिएको थियो । तीमध्ये सबैभन्दा बढी जेम्स मावि केन्द्रमा १०८० बालबालिकालाई खोप लगाइएको छ । यस्तै रिजेन्ट स्कुलमा ७१० जना, जुगल स्कुलमा  ६७० जना, आईजे पायोनियर स्कुलमा ६४०, श्री कृष्ण माविमा ४७० जना, पदम् प्रकाश मावि ४६० जना तथा फेरिज वल्ड मन्टेश्वरी स्कुल केन्द्रमा २५० जना बालबालिकालाई खोप लगाइएको आधारभूत स्वास्थ्य केन्द्र धापाखेलकी प्रमुख स्वरुपा श्रेष्ठले शब्दपाटीलाई जानकारी दिनुभयो । ‘यो वडामा ५४५८जना बालबालिका दादुरा–रुबेला खोप लगाउन योग्य छन् । खोप लगाउन छुटेका बाँकी बालकालिकालाई फागुन २३ गते स्वास्थ्य केन्द्रमा खोप लगाइनेछ’ श्रेष्ठले भन्नुभयो । 

kh23-1709093442.jpg
 

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १८:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार