त्रिविका महिला प्राध्यापकहरुको ‘पाठेघरको मुखको क्यान्सर’ पत्ता लगाउन परिवार नियोजन संघको टोली कीर्तिपुरमा 

बुधबार, फागुन १६, २०८०

काठमाडौं । महिला प्राध्यापक र महिला कर्मचारीहरूको पाठेघरको मुखको क्यान्सर छ÷छैन पत्ता लगाउन नेपाल परिवार नियोजन संघ काठमाडांै उपत्यका शाखाको मेडिकल टिम त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा पुगेको छ । संघको उपत्यका शाखामा कार्यरत ५ जना मेडिकल टिम लिएर शाखाका प्रबन्धक शरदकुमार अर्याल आइतबार  विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा पुगि त्यहाँ अध्ययापनरत ९५ जना महिला प्राध्यापक र कार्यरत कर्मचारीहरूको ‘पाठेघरको मुखमा क्यान्सर छ÷छैन’ परिक्षण गरेको थियो । 

fpan-1709101339.jpg

त्रिवि प्राध्यापक संघ र त्रिवि कर्मचारी संघ, विश्वविद्यालय क्याम्पस एकाईको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमको सहजीकरणलगायतका सहयोगहरू प्रिन्सिपलको कार्यालय तथा शिक्षाशास्त्र केन्द्रीय विभाग र हेल्थ डेस्कले गरेको थियो । कार्यक्रमको औपचारिक उद्घाटनपछि महिला प्राध्यापक र महिला कर्मचारीहरूको प्राविधिक जाँच, स्वास्थ्य सल्लाह एवम् रिपोर्ट वितरण गरिएको थियो । ९५ जनामध्ये २ जनामा पाठेघरको मुखको क्यान्सरको लक्षण देखिएपछि उनीहरूलाई थप परिक्षण र उपचारका लागि सम्वन्धित स्वास्थ्य संस्थामा रिफर गरिएको छ । 
स्वास्थ्य शिविर उद्घाटन सत्रमा त्रिभुवन विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल प्रा.डा.ध्यानेन्द्रबहादुर राईले जिम्मेवारी र क्षमताका आधारमा महिला–पुरुष बराबर भएपनि प्राकृतिक बनावटको कारण महिलाहरू बढी स्वास्थ्य जोखिममा रहने र पाठेघरको क्यान्सर संक्रमणको संभावना रहेकोले समयमै परिक्षण गरी लाभान्वित हुन आग्रह गरे ।

fpan-4-1709101326.jpg

त्रिवि प्राध्यापक संघका सभापति डा.मनोजकुमार चौधरीको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा त्रिवि प्राध्यापक संघका सदस्य डा.बालकृष्ण अधिकारी, त्रिवि कर्मचारी संघका सभापति अनन्त पौडेल, मेडिकल टिमको नेतृत्व गर्दै आएका नेपाल परिवार नियोजन संघको उपत्यका शाखाका प्रबन्धक शरदकुमार अर्याल, त्रिवि प्राध्यापक संघ, कीर्तिपुर एकाइका सचिव डा.रजनी काफ्लेले बोलेका थिए भने शिविरकोे संयोजन संघका उपसभापति तथा स्वास्थ्य र जनसंख्या शिक्षा विभागका प्रमुख डा.भगवान अर्यालले गरेका थिए । 

fpan-3-1709101361.jpg

संघको उपत्यका शाखा प्रबन्धक शरदकुमार अर्यालले अनिच्छित गर्भाधारण, अधिक गर्भधारण तथा कलिलै अवस्थामा हुने गर्भाधारणले गर्दा ह्युमन पपिलोमा भाइरसका कारण पाठेघरको मुखको क्यान्सर हुने बताउँदै यसबारे चेतना बृद्धि गर्नुपर्ने बताए । पाठेघरको मुखमा हुने क्यान्सर परिक्षणले ५ वर्षपछि हुनसक्ने क्यान्सर एकै मिनेटमा पत्ता लगाउने सकिने शाखा प्रबन्धक अर्यालले बताउँदै २८ देखि ६० बर्ष उमेर समूहका महिलाहरूमा उक्त क्यान्सरको जोखिम बढी देखिएको र समयमै पत्ता लगाई उपचार गर्नसके निको हुने बताए ।

fpan-1-1709101349.jpg
 

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार