राष्ट्रिय दादुरा-रुबेला खोप अभियान

ललितपुर महानगर २७ नं. वडाका ५ केन्द्रमा बालबालिकाको उत्साहजनक सहभागिता 

आइतबार, फागुन १३, २०८०

ललितपुर । सरकारले आज आइतबारदेखि देशभर सुरु गरेको राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०८० मा बालबालिकाको उत्साहजनक सहभागिता रहेको छ । सरकारले आजदेखि दादुरा–रुबेला खोप अभियान देशैभर सञ्चालन गरेको हो । सन् २०२६ सम्ममा यो रोग निवारण गर्ने तयारी स्वरुप सरकारले यो अभियान चलाएको हो ।  दादुरा—रुबेला खोप अभियानमा लक्षित समूह नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाहरु र नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरु हुन् । तराईका २१ जिल्ला र काठमाडौं उपत्यकाका तीन जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई आइतबार खोप लगाइएको छ ।  

429793239_406303412098771_5350171883783416414_n-1708867185.jpg
बाँकी जिल्लाहरुमा नौ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुलाई लगाइनेछ ।  यसै सन्दर्भमा आइतबार ललितपुर महानगरपालिका २७ नं. का बालकुमारी मावि सुनाकोठी, लोटस÷गोमा एकेडेमी सुनाकोठी, विलियम पब्लिक स्कुल सुनाकोठी, सुनागुठी नेवा एकेडेमी सुनाकोठी तथा शरणार्थी शिविर न्याबु खोप केन्द्रमा बालबालिकालाई खोप लगाइएको छ । ती पाँचवटै केन्द्रहरूमा लक्षित बालबालिकाको उत्साहजनक सहभागिता रहेको जानकारी सुनाकोठी स्वास्थ्य चौकीका प्रमुख डिल्लीराम श्रेष्ठले शब्दपाटीलाई दिनुभयो । 

429611590_25451254004461688_1493510877439312182_n-1708867203.jpg
सुनाकोठी स्वास्थ्य चौकीका प्रमुख श्रेष्ठले खोप अभियान अन्तर्गत आइतबार पाँचवटा खोप केन्द्रमा १०३९ जना बालबालिकालाई खोप लगाइएको जानकारी दिनुभयो ।  वडा नं. २७ का करिब १६०० बालबालिकालाई खोप लगाउने हाम्रो लक्ष्य थियो, आज हामीले १०३९ जना बालबालिकालाई खोप लगाइएको छ । खोप लगाउन बाँकी बालकालिकालाई फागुन २३ गते स्वास्थ्य चौकीमा खोप लगाइनेछ स्वास्थ्य चौकी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।  ‘नियमित खोप छुट भएका १ वर्षदेखि ५ वर्ष सम्मका बालबालिकाहरूका लागि छुट खोप पनि  लगाइएको उहाँले जानकारी दिनुभयो । खोप अभियानको वडाअध्यक्ष कृष्णहरि महर्जन, वडा सदस्य रामदेवी महर्जन, श्यामकृष्ण महर्जनले केन्द्रहरूमा गई अनुगमन गर्नु भएको थियो ।  खोप अभियानमा विद्यालयका प्रधानाध्यापक, सञ्चारकर्मी, समाजसेवीहरूले पनि अनुगमन गरेका थिए । 

khop-wi-1708867184.jpg
429139767_377980928511243_531702728090378648_n-1708867187.jpg
429130064_319771091103407_5710442216452356888_n-1708867191.jpg
429310785_417127040752279_5111304614603965084_n-1708867205.jpg
429615222_435138675609820_4470611272329481496_n-1708867191.jpg
429300043_2108606422812453_10245424843740459_n-1708869647.jpg
 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १९:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार