ललितपुर महानगरका ९२ हजार बालबालिकाले दादुरा-रुबेलाको खोप लगाउँदै 

९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप दिइने 
आइतबार, फागुन १३, २०८०

ललितपुर । ललितlmc-khop-1708834999.jpgपुर महानगरका ९२ हजार तीन सय बालबालिकाले दादुरा रुवेला विरुद्धको खोप लगाउने भएका छन् । आज फागुन १३ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने दादुरा—रुबेला खोप अभियान अन्तर्गत महानगर भित्रका दुई सय १२ वटा .खोप केन्द्रबाट ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकाले दादुरा—रुबेलाविरुद्ध खोप लगाउन लागिएको हो ।  
ललितपुर महानगर जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले १३ देखि २३ गतेसम्म विद्यालयहरुमा खोप केन्द्र राखेको जानकारी दिइन् । उनले भनिन्, ‘२३ गते महानगरको २९ वटै वडाका स्वास्थ्य संस्थामा खोप दिने व्यवस्था मिलाएका छौं ।’ फागुन १३ गते महानगरका २५, २६, २७, २८ र २९ का विद्यालयहरुमा खोप दिइनेछ ।  

फागुन १४ गते वडा नंं.२२, २३, २४ का विद्यालय खोप दिने व्यवस्था मिलाइएको छ । त्यसैगरी फागुन १५ गते वडा नं.१८, १९ र २० र २१ का विद्यालयहरुमा दादुरा रुवेला विरुद्धको खोप दिइन्छ ।  १६ गते वडा नंं.१४, १६ र १७ वडाका विद्यालयहरुमा खोप दिने व्यवस्था मिलाइएको छ ।  फाल्गुन १७ गते १५ वडाका विद्यालयहरुमा फागुन १८ गते ८,९, १०, ११, १२, १३ का विद्यालयहरुमा खोप दिइनेछ । फागुन २० गते वडा न.५, ६ र ७ मा रहेका विद्यालयहरुबाट खोप दिइनेछ । फागुन २१ गते वडा नं. ४ का विद्यालयहरुमा, फागुन २२ गते वडा नंं.१, २ र ३ मा रहेका विद्यालयमा खोप दिने व्यवस्था मिलाइएको छ ।   फाल्गुन २३ गते वडा नंं १देखि २९सै वडाका स्वास्थ्य संस्थाहरुमा खोप दिइनेछ ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १०:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार