सोसल मिडिया
Contact Us
युनिकोड
न्यूयोर्क । अमेरिकामा संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमा पहिलो पटक कोरोनाविरुद्धको भ्याक्सिन लगाइएको छ । पछिल्लो १० महिनायता कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीमा पहिलो चरण खोप लगाइने छ । खोप लगाइएको बेलाको प्रत्यक्ष प्रसारण टेलिभिजनमार्फत् गरिएको थियो । न्यूयोर्कको स्थानीय समयानुसार समयअनुसार बिहान ९ बजेर २२ मिनेट जाँदा भ्याक्सिन लगाइएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमा अमेरिकामा खोप लगाउने काम सुरु भएको बताएका छन् । लङ आइल्यान्ड जेविस मेडिकल सेन्टरकी क्रिटिकल केयर नर्स सान्ड्रा लिन्डसे नाम गरेकी स्वास्थ्यकर्मीलाई प्रथम पटक खोप लगाइएको थियो । खोप लगाएपछि उनले आफू आशावादी भएको बताइन्। बेलायतमा विकास भएको फाइजरको खोप अमेरिकामा पनि दिन थालिएको हो ।–एजेन्सी